समाचार

बागमती प्रदेशको लेखा समितिले छानविन गर्ने

बागमती। बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ ।लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानविन गर्ने निर्णय गरेको छ । छानविनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरिएको सो समितिले जनाएको छ ।उपसमितिमा एमालेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामा र विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य… पुरा पढौ

हिमनदी भत्किँदा ६ जनाको मृत्यु

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो। सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट)भन्दा कमी रहन्छ। इटालीको नहर शहर क्षेत्र… पुरा पढौ

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

नेपालगञ्ज । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ ।असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३… पुरा पढौ

प्रदेशमा पुनः ‘छोरी शिक्षा बीमा’ सुरु

बारा । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन्।… पुरा पढौ

नगरपालिका भित्रमा ५ र ६ वडाका एक सय बढी घरधुरी उच्च जोखिममा

तनहुँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् । वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न… पुरा पढौ

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दमौली। स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु. २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु. छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ । “महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु. पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलोपानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदैछ । पोखरेलीको खानेपानीको… पुरा पढौ

नेपालसँग ओन्टारियो ५५ रनले पराजित

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आइतबार राति भएको टी–२० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ। लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाका लागि तयारी गर्न क्यानडा पुगेको नेपालले यसअघि ५० ओभरको अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो। टी–२० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट बन्यो। अब नेपालले मंगलबार र बुधबार क्यानडासँग एक दिवसीय खेल खेल्नेछ। पुरा पढौ

काँग्रेस पदाधिकारी बैठक मंगलबार बस्दै

नेपाली काँग्रेसले भोली (मंगलबार) समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा काँग्रेसका भातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछन्। बैठकमा निकट भविष्यमा हुने संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ। काँग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ। काँग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति,… पुरा पढौ

कर्नाटककी सिनी शेट्टीलाई ‘मिस इन्डिया–२०२२’ को उपाधि

भारतले नयाँ मिस इन्डिया पाएको छ। कर्नाटककी सिनी शेट्टीले ‘मिस इन्डिया–२०२२’ को उपाधि जितेकी छिन्। ३१ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै २१ वर्षीया सिनीले यो उपाधि जिेकी हुन्। आइतबार राति सम्पन्न प्रतियोगितामा राजस्थानकी रुबल शेखावतले फस्ट रनर्स–अपको उपाधि जितिन् भने उत्तर प्रदेशकी शिनाता चौहानले सेकेण्ड रनर्स–अपको उपाधि जित्न सफल भइन्। प्रतियोगितका सबै प्रतिस्पर्धीहरुले सुन्दर शैलीमा आफ्नो परिचय दिँदै निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिएर दर्शकको मन जितेका थिए। मिस इन्डिया–२०२२ को उपाधि विजेता सिनी शेट्टी अहिले चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) को कोर्स… पुरा पढौ