समाचार

लोमान्थाङमा गल्फका लागि संभाव्यता अध्ययन

चीनको सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि संभाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता संचालन गर्न अध्ययन गरेको हो। गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरूप गल्फ खेलेका थिए। लोवथाङमा गल्फ प्रतियोगिता संचालनबारे तयारी भइरहेको विष्टले बताए। उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता संचालनका लागि आर्थिक वर्ष २०७९/०८० मा १० लाख रुपैयाँ विनियोजन गरिएको छ। गत वर्ष… पुरा पढौ

मन्त्री बराल माओबादी केन्द्रको केन्द्रीय सदस्य

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल ‘जीवन’ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिमा बराललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए। मन्त्री बराल यसअघि गण्डकी प्रदेशको पार्टी सदस्य बनेका थिए। त्यसैगरी, बैठकले आसमान रोका, तेजकुमारी पौडेललाई समेत केन्द्रीय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ। मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए।… पुरा पढौ

राजनीति र खेलकुदकर्मीले खोले पोखराको बगरमा ‘जिम टाउन’

पोखरा । पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१ बगरमा ५ करोडको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो । राजनीतिकर्मी तथा खेलकुदकर्मी ६ जना युवाहरु मिलेर ‘जिम टाउन’ सञ्चालनमा ल्याएका हुन् । यसको कार्यकारी अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला छन् । उनी क्रिकेट संघका कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसमेत हुन् । त्यस्तै, फेन्सिङ खेलाडी बलराम सुवेदी म्यानेजिङ डाईरेक्टर… पुरा पढौ

अर्थमन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य मनोनित

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए । त्यसैगरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई पार्टी… पुरा पढौ

पोखरा सुनचाँदी ब्यवशायी संघको अध्यक्षमा बुद्धाचार्य

पोखरा । पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन । पोखरा सुनचांदी ब्यवशायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । त्यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी… पुरा पढौ

देशभक्तलाई १२ उपाधिसहित सम्मान

पोखरा । अलौकिक कवि देशभक्तसिंह कुुँवरलाई पोखरामा शनिबार विभिन्न १२ संस्थाले १२ उपाधिसहित सम्मान गरेका छन् । साहित्य, संगीत, कलाकारिता, संचारकर्मी लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको कदरस्वरुप उनलाई १२ उपाधिसहित सम्मान गरिएको हो । हरेक संस्थाले उनलाई नगद ५० हजार, सम्मानपत्र, मायाको चिनो, दोसल्ला सहित सम्मान गरेका हुन् । उनलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो ।… पुरा पढौ

विपद् प्रतिकार्य योजना कार्यान्वयन गर्न निर्देशन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले मनसुन सक्रिय भएसँगै विपद्जन्य जोखिममा सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकमार्फत मातहतका सुरक्षा इकाईलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए । विपद् प्रतिकार्य योजनामा प्रदेशस्तरमा आपतकालीन उद्धार तथा सूचना सङ्कलन केन्द्र, जिल्ला… पुरा पढौ

कपन बानेश्वर सम्मान सात जनालाई

काठमाडौँ । ‘कपन बानेश्वर’ साहित्यिक साप्ताहिकले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । सोअनुसार पत्रिकाको दशौँ वर्षका अङ्कमा प्रकाशित रचनामध्येबाट शीतल गिरीलाई ‘नालाङ्ग कबा रचना पुरस्कार’, तारा केसीलाई ‘श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’, इन्द्रकुमार श्रेष्ठ ओखलढुङ्गालाई ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ मोफसल र तृष्णा श्रेष्ठलाई ‘हेमगङ्गा कबा रचना पुरस्कार’ बाल प्रदान गरिने पत्रिकाका सल्लाहकार शङ्कर भारतीले जानकारी दिए । गत वर्षसम्म ‘कबा समाचार पुरस्कार’ प्रदान गरिँदै आएकामा यस वर्षदेखि ‘कबा साहित्यिक पत्रकारिता… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा

कर्णाली । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७।६५ अङ्कले उकालो लागेर दुई हजार ८६।४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०।२१ अङ्कले उकालो लागेर ३९८।८२ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२… पुरा पढौ

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

काठमाडौँ । ‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ । ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख… पुरा पढौ