समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९।७५ अङ्कले ओरालो लागेर दुई हजार ७६।६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८९ अङ्कले ओरालो लागेर ३९५।९४ मा ओर्लेको छ । कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२… पुरा पढौ

संस्कारसँग वातावरण जोड्ने अभियान

बागलुङ । बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य ९श्राद्ध० गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको सम्झनामा वृक्षरोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने भएकाले यो अभियान सुरुआत गर्न थालिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।सडक तथा पूर्वाधार निर्माणका क्रममा मासिएका रुखको पुनःस्थापनाका लागि यो कार्यक्रम प्रभावकारी हुने श्रेष्ठको विश्वास… पुरा पढौ

जाने होईन त मिछुर्लुङ ?

मिछुर्लुङमगर ढुटमा ‘मिछुलु’ भनेको चामलको वियाँ जस्तो र ‘लुम’ भनेको ढुंगा हो । त्यस स्थानमा चामलको वियाँ जस्तो प्रसस्त स-साना ढुंगा पाईने भएकोले ‘मिछुलुम’ शव्द अप्रभंश भएर मिछुर्लुङ हुन गई गाउँको नाम मिछुर्लुङ राखिएको स्थानियहरु बताउछन् । मिछुर्लुङ समुन्द्री सतहदेखि सात सय ५० मिटर उचाईमा रहेको तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ गाउँ निकै सुन्दर र मनमोहक देखिन्छ । स्वयम मिछुर्लुङबाट पुर्वतिर रिसिङ,पश्चिमतिर स्याङजाका रमणिय केहि स्थानहरु देख्न सकिन्छ भने उत्तरतर्फ भिमाद बजार र खैरेनी,दक्षिणतर्फ घिरिङ गाउँपालिकाका रमणीय स्थानहरु लगतएत लोभलाग्दो हिमशृङ्खलाहरु… पुरा पढौ

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक जीन सिक्वेन्सिङ अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति द्यब्छ’ हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए । नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको… पुरा पढौ

काठमाडौँका भित्री सडकमा खाल्डैखाल्डा

काठमाडौँ । काठमाडौँ–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान छन । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । वर्षाको समय सडक हिलाम्मे हुँदा सडकमा सवारी साधनले हिलो छ्याप्ने गरेको उनले बताए । वर्षाका समयमा सडक खन्न नहुने भन्दै कतिपय स्थानीयवासीले विरोध गरे पनि नरेफाँट क्षेत्रमा अहिले धमाधम सडक खनिरहेको देख्न सकिन्छ । एकातिर ढल निकास छैन भने अर्कातिर वर्षाको समयमा सडक खनेकाले भित्री सडक अस्तव्यस्त बनेको छ ।… पुरा पढौ

पुस्तक अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो । विशेष समय राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन। सभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । सांसद बीना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित… पुरा पढौ

तीन भारतीय नागरिक पक्राउ

बुटवल । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । पक्राउ परेकाहरुमध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाँहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।… पुरा पढौ

किसानद्धारा डालेघाँस रोप्ने कार्य तिब्र

बागलुङ । बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् । उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसनालाई यही असार महिनाभर वितरण गरिसकेको छ । पशुपालनका लागि… पुरा पढौ

मानवसेवा आश्रमको भवन निर्माणमा पालिकाको हातेमालो

बागलुङ । धवलागिरि क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने लक्ष्यसहित यहाँ निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । आश्रम निर्माणमा हातेमालो गर्नेमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी र पर्वतका पालिकासमेत छन् । बागलुङ नगरपालिकाद्वारा जग्गा व्यवस्थापन र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत रु ५० लाख बजेटको सुनिश्चितता भएपछि गत आवदेखि आश्रमको भवन निर्माण थालिएको थियो । बागलुङ नगरपालिका–४ निरयघाटमा बन्न लागेको आश्रमका लागि चालु आवमा सोही मन्त्रालयबाट रु ५० लाख बजेट छुट्टिएको थियो ।स्थानीय सरकारका रुपमा रहेका… पुरा पढौ

कर्णालीले विज्ञापन होइन, काम गर्छ ः मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे ।उनले समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति व्यहोर्न नपर्ने जनाए । विपद्मा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा उनले जोड दिए ।आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको… पुरा पढौ