समाचार

विश्वभर पुष्टि भएका कोभिड

जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।देश सङ्क्रमितको सङ्ख्याअमेरिका ८७,८३८,६२३भारत ४३,५०२,४२९ब्राजिल ३२,४७१,८४७फ्रान्स ३१,४१०,३८३जर्मनी २८,३९२,६३०बेलायत २२,९४१,३६०इटाली १८, ६९५,९५४दक्षिण कोरिया १८,३८९, ६११रुस १८,१६७, ६०३रासस पुरा पढौ

प्रेस युनियन महाधिवेशनलाई हेटौँडामा सचिवालय स्थापना

बागमती । नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवाँै राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशन तयारीका लागि हेटौँडामा सचिवालय स्थापना गरिएको छ ।नेपाली कांगे्रस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सो सचिवालयको उद्घाटन गर्दै महाधिवेशनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनमा अधिराज्यभरिका करिब एक हजार ५०० प्रतिनिधि र अतिथिको सहभागिता रहने बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समिति गठन… पुरा पढौ

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल त्रिअविमा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन अपे्रशन बेस अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप… पुरा पढौ

पहिरोमा बेपत्ता दुईजनाको शव भेटियो

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल… पुरा पढौ

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग ९फूटपाथ० मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउछन ।फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य… पुरा पढौ

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ५ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म बढाइएको छ ।प्रतिष्ठानले ६५औँ वार्षिकोत्सवको अवसर पारेर आजसम्म १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरेकामा पाठकको रुचि बढेपछि असार २९ गतेसम्म समय थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए । प्रतिष्ठानको भानुभक्त कक्षमा जारी प्रदर्शनीमा दैनिक सयौँ पाठकको आगमन हुन थालेको छ ।प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु… पुरा पढौ

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् । प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले हिमाल सुनार,… पुरा पढौ

पहिराको जोखिममा बस्ती

लमजुङ । यहाँ बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो । गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए ।वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएकोे वडाका कर्मचारीहरुले बताए । पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको… पुरा पढौ

तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ताको खोजी जारी

चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ। सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ । बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १२… पुरा पढौ