पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ। जिल्लाका ७ स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिएका छन्। यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ। ‘कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको संक्रमण हुने खतरा बढेको छ। यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ,’ पौडेलले भने, ‘हिउँदको समयमा भन्दा बर्खायामको समयमा…
पुरा पढौ