समाचार

साफ महिला च्याम्पियनसीप नेपालमा हुने

साफ महिला च्याम्पियनसीप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसीप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ। बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसीप नेपालमा गर्ने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछि साफ कार्यकारी समितिले प्रस्तावित मिति पनि स्वीकृत भएको… पुरा पढौ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ। गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। तर, हालसम्म पनि अध्यक्षबाहेकका अन्य पदाधिकारी यकिन हुन सकेका छैनन्। त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। साथै, थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ।… पुरा पढौ

एमाले सचिवालय बैठक बिहान ११ बजे बस्दै

प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछन्। बैठकले आगामी संघीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने बताइएको छ। हिँजो (शनिबार) बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको बताइएको छ। पुरा पढौ

पोखरा–४ मा ‘ह्याप्पी लिडर चेञ्ज द वल्र्ड’ प्रशिक्षण

पोखरामा ‘ह्याप्पी लिडर चेञ्ज द वल्र्ड’ सम्बन्धी प्रशिक्षण दिइएको छ। पोखरा महानगरपालिका–४ को सहकार्यमा पोखरा लेडी जेसीजले प्रशिक्षणकोआयोजना गरेको हो। प्रमुख प्रशिक्षक जेसीआई सिनेटर बिकल तुलाचनले प्रशिक्षण दिएका हुन्। प्रशिक्षणमा ५५ जनाको सहभागिता थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशिक्षण्को उद्घाटन गर्दै महिलाहरुले पनि यो देशको नेतृत्वमा आफ्नो योगदान देखाउन सक्ने दाबी गरे। उनले सुखी नेतृत्वका कारण देशको युवाहरुले परिवर्तनलाई अगाडी बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने धारणा राखे। ‘सबैलाई देश विकासमा अगाडि बढ्नका लागि सर्वप्रथम यस्ता… पुरा पढौ

गण्डकी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षा हुने

गण्डकी प्रदेशमा आज हल्कादेखि मध्यम खालको वर्षा हुने भएको छ। प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश लगायत प्रदेश–१, वाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको भनाई छ। विभागका अनुसार गण्डकी प्रदेशका केही स्थानमा आज विहान हल्का वर्षा भएको छ। गण्डकी प्रदेश लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तर, पोखरामा भने मौसम… पुरा पढौ

कमल थापालाई ‘कमरेड’ शब्द असाध्यै मन पर्न थाल्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई अचेल कमरेड शब्द मन पर्न थालेको छ। उनले शनिबार काठमाण्डौंको एउट कार्यक्रममा बोल्दै कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन्। काठमाण्डौमा शनिवार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन्। उनले आफूलाई कमरेड शब्द धेरै मनपर्ने तथा कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए। अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा बने वर्ष खेलाडी

पोखरा । प्रदीप खड्का र अरुणा शाही छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणा शाही घोषित भएका हुन् । वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले विधान अधिकारी (ब्याडमिन्टन) र बुद्ध लामा (कराँते)लाई पछि पार्दै अवार्ड जिते । सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तानसमेत रहेकी शाहीले मनिषा उपाध्याय (क्रिकेट) र सरगम… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ लाई सफल बनाउन बाग्लुङको निसीखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ । मञ्चले शनिबार पोखरामा आयोजना गर्न लागेको पोखरा स्पोर्टस् अवार्डलाई सफल बनाउन गाउँपालिकाले ५० हजार सहयोग गर्ने भएको मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले जानकारी दिइन् । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डलाई सफल बनाउन बाग्लुङकै दुर्गम निसीखोला गाउँपालिका जोडिन पाउँदा खुशी लागेको पालिका अध्यक्ष सुर्य बहादुर घर्ती मगरले बताए । उनले भने, हामीलेपनि पालिकाभित्रका क्षेत्रमा… पुरा पढौ

छैटौं पोखरा स्पोर्टस् अवार्ड : पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ मा सहयोग आउने क्रम जारी छ । सो अवार्ड कार्यक्रममा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ । गण्डकी… पुरा पढौ

हातले लोभ्यायो पर्यटकलाई

मङ्गलबारे । पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकबाट नै पुष्टि हुन्छ ।जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो भ¥याङ निर्माण गरिएको छ । उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ ।इलाम बजार नजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको हो । चियाका लागि यो ठाउँ ऐतिहासिकसमेत मानिन्छ । नेपालमा सबैभन्दा पहिला… पुरा पढौ