समाचार

कस्तो छ गण्डकी प्रदेशमा आजको मौसम ?

गण्डकी प्रदेशको १÷२ स्थानमा आज असार १२ गते (आइतबार) भारी वर्षाको संभावना छ। गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशमा हाल मनसुनी वायुको प्रभाव रहेकाले प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, वागमती, लुम्बिनी र कर्णाली प्रदेशमा हाल वर्षा भइरहेको छ। हाल, देशभर सामान्य बदली रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू–भागका धेरै… पुरा पढौ

म्याग्दीको रघुगंगा गाउँपालिकामा २१६ पहिरा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन्। पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। ‘पहिराको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं’, उनले भने। कुइनेमंगले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६… पुरा पढौ

शिशुवामा पनि सुरु भयो युआरएलको सेवा

युआरएलले पोखरा–३० को शिशुवाबाट समेत सेवा आरम्भ गरेको छ। यसअघि, युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ। पोखरा–३० को शिशुवा अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताएका छन्। सेवा सुरुआतको अवसरमा शनिबार युआरएल शिशुवा परिसरमा निशुल्क शिविर आयोजना गरिएको छ। शिविरमा ३ सय ८ जनाको सित्तैमा रगत जाँच गरिएको छ। अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत विशेष छुट दिइएको छ। युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका… पुरा पढौ

पेट्रोलको २०, डिजेल–मट्टितेलको २९ रुपैयाँ मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मूल्य घटाइएको बारे जानकारी दिइएको हो। पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको हो। अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाइएको छ। मन्त्री बडुले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए। सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा… पुरा पढौ

कास्कीको लुम्ले र जुम्लेटी क्षेत्रमा अति भारी वर्षा

आज असार १२ गते, हालसम्म कास्कीमा अविरल वर्षा भइरहेको छ। राती ३ बजेदेखि कास्कीको लुम्ले र जुम्लेटीमा वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो क्षेत्रको आसपासको खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा जान सक्ने भएकाले आज विहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पुरा पढौ

दक्षता बढाउन तालिम जरुरि – कास्की समन्वय प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्य दक्षता बढाउन तालिम एबम प्रशिक्षण अति आबश्यक भएको बताएका छन् । पौडेलले जुनसुकै कार्यमा पनि ज्ञान अति आबश्यक तत्व भएको भन्दै दक्ष जनशक्ति उत्पादनमा ज्ञानको महत्वपूर्ण भूमिका हुने र सो को लागि समाजका जुनसुकै तह र तप्कामा कार्यरत व्यक्तिहरुलाई आवधिक तालिम प्रशिक्षण संचालन गर्ने नीति लिनु पर्न बताएका छन् । प्रमुख पौडेलले सो कुरा पोखरा महानगरपालिका वडा न २२ को आयोजना र पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजनाको समन्बयमा… पुरा पढौ

तमु धि यूकेद्वारा पोखरा स्पोर्टस् अवार्डलाई एक लाख सहयोग हस्तान्त्रण

पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो । तमु धिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा तमु धिं युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमु धिं युकेले नेपालमा हुने समाजका हरेक… पुरा पढौ

निजी क्षेत्र नभए समृद्धि सम्भव छैन ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिवद्ध रहेको बताएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले विस्तारै लयमा फर्किन थालेको बताउँदै उनले सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि असार १८ गते पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जनाको नाम सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस अवार्ड–२०७८ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विधान अधिकारी (व्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप… पुरा पढौ

एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध

पोखरा — नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरुको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको… पुरा पढौ