समाचार

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु ः सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको उनको भनाइ थियो । संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसद्देखि सङ्घीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले सङ्घीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा… पुरा पढौ

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक… पुरा पढौ

भारतमा एघार हजार ५०० सय भन्दा बढी कोरोना सङ्क्रमित

शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ । हाल भारतमा ९२ हजार ५७६ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।२० प्रतिशत हो । पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै… पुरा पढौ

घट्यो सवारीसाधनको भाडा

काठमाडौँ। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगी ः विचौलियाले न पठायो, नत रकम नै फिर्ता

झापा । भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए । उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।ठगीको शिकारमा परेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गतवर्ष वडाध्यक्षको… पुरा पढौ

छात्राबास भवन निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय विद्यालयको छात्राबास निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त गाउँपालिकाले ठेक्कामार्फत झिनडाडाँमा तीनतले १२ कोठे भवन निर्माण गरेको हो । गाउँपालिकाका पूर्वाधार शाखाप्रमुख सवइञ्जिनीयर लोकेन्द्र रावलले रु दुई करोड ५५ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए ।भवनमा करिब १०० विद्यार्थीलाई आवासीय सुविधा दिनसक्ने क्षमता छ । विकट क्षेत्रका विपन्न बालबालिकालाई सहजरुपमा आधारभूतस्तरको शिक्षाको पहुँचमा ल्याउन उक्त गाउँपालिकाले आव २०७६÷७७ देखि शिवाङको हेम माविलाई नमूना आवासीय माविमा… पुरा पढौ

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

चितवन। भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ । आगो छोटो समयमै… पुरा पढौ

केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासोत रहेको बताइएको छ ।… पुरा पढौ

पोखरा-४ को बुढानिलकण्ठ मन्दिरनजिकै ठूलो भ्वाङ

पोखरा महानगरपालिका–४, बुढानिलकण्ठ मन्दिर नजिकैको सडकमा आइतबार विहान ठूलो भ्वाङ परेको छ। लगातारको वर्षासँगै जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानीयको भनाई छ। पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलसँगैबाट बुढनिलकण्ठ मन्दिर हुँदै गणेशटोल सिद्धार्थचोक र गैरापाटन निस्कने सडकमा भ्वाङ परेको हो। सडकमा भ्वाङ परेकाले आसपासको क्षेत्र जोखिममा परेको छ। सवारी तथा पैदलयात्रु आवागमन अवरुद्ध बनेको छ। बुढानिलकण्ठ मन्दिर, बुढानिलकण्ठ क्रियाकर्म आवासीय भवन र पुन काष्ठ फर्निचर शोरुम बढि जोखिममा परेको छ।फर्निचर शोरुमको डीपीसी ढलानमुनी ठूलो भ्वाङ परेकाले शोरुम बढि जोखिममा छ। बगलुङ बसपार्क… पुरा पढौ

पर्वत फलेवासको नगरसभा हुन सकेन

पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन्। तर, फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन। फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो। नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो। नगर प्रमुख गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा… पुरा पढौ