समाचार

श्रेष्ठको ‘हिमालयको उत्पत्ति’ सार्वजनिक

काठमाण्डौं । विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे । पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण आदि विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्र सम्बन्धी विषय नेपाली भाषामा पढ्न चाहनेहरुको लागि ‘अभूतपूर्व’ रहेको बताए । भूगर्भशास्त्र… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने उनले बताए । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये… पुरा पढौ

प्रदेश सरकारले गर्भवतीलाई निःशुल्क हवाई सेवा दिने

काठमाडौ । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९÷८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् । प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । यस्तै प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप… पुरा पढौ

आयोगको वार्षिकोत्सवमा सम्मान तथा वृक्षरोपण

बागलुङ । लोकसेवा आयोगको बागलुङ कार्यालयले ७२औँ वार्षिकोत्सका अवसरमा वृक्षरोपण र सम्मान कार्यक्रम आयोजना गरिएको छ । बुधवार कार्यालय परिसरमा कपुर, पारिजात, हर्रो, कल्कीलगायत बिरुवा रोपिनाका साथै दश वर्षदेखि त्यहाँ सेवारत कार्यालय सहयोगी देवीप्रसाद शर्मालाई सम्मान गरिएको शाखा अधिकृत भुवनहरि अधिकारीले जानकारी दिए। शर्मा विगत २८ वर्षदेखि सरकारी सेवामा छन्। लामो समयदेखि निष्ठा र इमान्दारीपूर्वक कार्यालयको सेवामा खटिएकाले उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालय परिसरको सौन्दर्य बढाउनाका साथै पर्यावरण स्वच्छ राख्न वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गर्ने सोच पलाएको आयोगका… पुरा पढौ

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ: अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९÷८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताएका छन् । बजेटका सम्बन्धमा मन्त्रालयले आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले महत्वकाङ्क्षी कार्यक्रम बजेटमा प्रस्तुत नगरिएको र कार्यान्वयन योग्य, स्रोतका दृष्टिले र धान्न सक्ने खालका योजना रहेको उल्लेख गरे । सुशासन, सेवा प्रवाहमा गुणस्तरीयता कायम, स्रोतको प्रभावकारी उपयोग, प्रशासनिक खर्चमा मितव्ययिताको नीति अवलम्वन गरिने र खर्चको कोणबाट प्रदेशले बजेटको कार्यान्वयन पूर्णरूपले गर्न सक्ने… पुरा पढौ

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, आर्थिक विधेयकमाथि ६ गते छलफल

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत ९पच्चिसौँ संशोधन० विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले आर्थिक विधेयक २०७९ माथि दफाबार छलफलका लागि यही असार ६ गतेको मिति तोकेका छन्। राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन… पुरा पढौ

पुलबाट खसेर मृत्यु

बैतडी। काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशारीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो ।अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिए । सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो ।बाढीले बगाएको झोलुङ्गे पुल… पुरा पढौ

हाकिम होइन, सेवक भएर काम गर्नुस् ; अध्यक्ष ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालिन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै स्थानीय तहको… पुरा पढौ

बाघ धपाउन पाँच राउण्ड हवाई फायर

चितवन। निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो ।बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा… पुरा पढौ