समाचार

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड… पुरा पढौ

कृषिमैत्री बजेट आएमा खुसि छौ: किसान

म्याग्दी । सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आउनुभएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा प्राथमिकता दिई किसानलाई विभिन्न सहयोग र अनुदानका साथै कृषि पेन्सनको व्यवस्था गरेकोमा प्रशन्नता व्यक्त गर्दै कार्यान्वय भएमा किसानले ठूलो राहत पाउन सक्ने बताए । त्यसैगरी अर्का किसान शोभित सापकोटाले बजेट कृषिमैत्री रहेकोमा… पुरा पढौ

आज विश्व सुर्तीजन्य पदार्थरहित दिवसःवर्षेनी सुर्तिजन्य सेवनबाट मृत्यु हुनेको तथ्याङक यस्तो छ

काठमाडौ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताएका हुन् । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै… पुरा पढौ

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ । मनाङका विद्यालयमा विद्यार्थीको संख्या घट्दै गईरहेको छ । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएकोले विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण मनाङका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको हो । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उनले बताए । मनाङमा… पुरा पढौ

सलाहलाई ‘पीएफए फ्यान्स प्लेयर अफ द इयर’ अवार्ड

लिभरपुलका मोहमद सलाहले ‘पीएफए फ्यान्स प्लेयर अफ द इयर’ अवार्ड जितेका छन्। इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने ‘प्लेयर अफ द इयर’ अवार्ड जितेका हुन् । २९ वर्षीय सलाहले समर्थकको सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड हात पारेका हुन्। सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए। प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा उनले २३ गोल गरेका थिए। सलाहले यस सिजन ‘गोल अफ द… पुरा पढौ

सुनखानी भिडन्तमा एकसय जनाको मृत्यु

अफ्रिकी मुलुक चाडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबीच भिडन्त हुँदा करिब एक सय जनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएको सरकारले जनाएको छ। रक्षामन्त्री दाउद याया ब्राहिमले २ जना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको एएफपीलाई बताएका छन्।लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्र चाड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् । यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो। केहि समूहले मृतकको संख्या… पुरा पढौ

हवाई दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति नाट्टाद्वारा शोक व्यक्त

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गरेको छ। नाट्टाले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ। शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ। मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो। भौगोलिक बनावटका… पुरा पढौ

को–पाइलट उत्सवकी बहिनीले लेखिन्, मुटुमै बिझ्ने स्टाटस

तारा एअर विमान दुर्घटनामा ज्यान गुमाएका को–पाइलट उत्सव पोखरेललाई बहिनीले मुटुमै बिझ्ने गरि मर्मस्पर्शी स्टाटस लेखेकी छन्।सामाजिक सञ्जाल फेसबुकमा मनसून आइडीबाट को–पाइलट उत्सवकी बहिनीले दाईलाई लेखेको भावुक पत्र सार्वजनिक गरिएको छ।उनले लेखेकी छन्, ‘निशब्द ! तँलाई छुर्पी ल्याइदिन्छु, परीक्षा राम्रोसँग गर। यो कुरा दिमागमा अझै आइराछ दादा। ममी बाबा पनि तपाँईकै प्रतीक्षामा हुनुहुन्छ। आउनुस न दादा घर फर्केर। मलाई पाइलट बनाउँछु भन्नुहुन्थ्यो। आखिर बिच बाटोमै छाडेर जानुभयो है दादा …!!’ आइतबार बिहान ५ः ३० बजे उत्सवले बुबा मणिराम पोखरेललाई फोन… पुरा पढौ

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजो (सोमबार) मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपीएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको संभावित साझेदारीका बिषयमा विचार विमर्श भएको थियो। इपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ८ मिलियन अमेरिकी डलर अर्थात करिव ९६… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको जनाएका छन्। मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए। मूल्य समायोजन गर्ने भनिए पनि घटाउने वा कर छुट दिने भन्ने निर्णय भइसकेको छैन। आर्थिक विधेयक २०७९ मा भने हालकै शुल्क कायम गरिएको छ। विधेयकमा पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपियाँको दरले पूर्वाधार विकास कर भन्सार बिन्दुमा लगाई… पुरा पढौ