समाचार

चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

ः चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन् । चीन पुग्नुभएका उनी र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएको छ । सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिनुभएको थियो । विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने… पुरा पढौ

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् । बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरुले पुरनलाई अस्पताल पु¥याउन नसकेको… पुरा पढौ

खाद्यान्न बालीको बीमा

कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सो निर्णय गरेका हुन् । आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताएका छन् । “कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उनले भने,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका लागि खाद्यान्न बालीको बीमा गरिएको हो ।” गाउँपालिकामा पाकेको अन्नबाली… पुरा पढौ

पोखरा-१८ मा पुनः मत गणना गर्न एमालेको माग

पोखरा महानगरपालिका-वडा नम्बर-१८ मा पुनः मत गणनाको माग भएको छ। गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका वडाध्यक्षका उम्मेदवार पराजित भएपछि एमालेले पुनः मत गणनाको माग गरेको हो। एमाले उम्मेदवार पुष्कलबहादुर थापाले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।. . त्यहाँ कांग्रेस उम्मेदवार शिवप्रसाद तिमिल्सिना १६४३ मत ल्याएर विजयी भएका थिए। पराजित थापाले १६४० मत ल्याएका थिए । पुरा पढौ

पोखरा महानगरकै एक्लो महिला वडाध्यक्ष राधिका

हालै सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट एक्लो महिला वडाध्यक्षका रुपमा राधिकाकुमारी शाही योगीले आफ्नो नाम दर्ता गरेकी छन्। देशकै सबैभन्दा ठूलो पोखरा महानगरको पनि ठूलो १७ नं वडाबाट नेकपा (एमाले) की उम्मेदवार शाहीले प्यानलसहित वडाध्यक्षमा बाजी मारिन्। नवनिर्वाचित वडाध्यक्ष शाहीले अघिल्लो पटक सोही वडाबाट सदस्यमा चुनाव जितेकी थिइन्। अघिल्लो पटक भन्दा यसपाली उनलाई चुनाव जित्न सहज भएन। त्यति मात्र नभई, पोखरा–१७ लाई नेकपा (एमाले) को गढ मानिन्छ। चुनावअघि, वडामा पार्टी एक ढिक्का थियो। पार्टीका नेता तथा कार्यकर्तामा उत्साह थियो। अन्य,… पुरा पढौ

पोखरा–१८ मा कांग्रेसका तिमिल्सिना ३ मतले विजयी

पोखरा महानगरपालिका वडा नम्बर १८ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । आज विहान सम्पन्न मत गणनामा पोखरा–१८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सना विजयी भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापालाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी तिमिल्सिनाले १६४३ मत प्राप्त गरे भने पराजित थापाले १६४० मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी उम्मेदवार कल्पना ढकाल क्षेत्री १८२८ मत पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार समुन्द्र थापाले १५२९ तथा दलित महिला सदस्यमा एमाले… पुरा पढौ

५ हजार मत गणना गर्न बाँकी हुँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा, जेठ १० पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन् भने उपमेयर गुरुङ विजय नजिक पुगेकी हुन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११… पुरा पढौ

पोखरामा १, ३३, ७५३ मत गणना : धनराज र मञ्जु जित नजिक

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार मध्यराती सम्म १ लाख ३३ हजार ७ सय ५३ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ४ हजार ७ सय ३६ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब ९ हजार ७४ सय ७३ मत गणना गर्न बाँकी छ । आचार्य हालसम्म ४५४ हजार ३ सय ३७ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले… पुरा पढौ

पोखरा-२१ मा एमालेको प्यानल नै विजयी

पोखरा महानगरपालिका वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ। सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा-२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भएका हुन्। बिजयी सुबेदीले २५५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १८११ मत प्राप्त गरे। महिला सदस्यमा २६६२ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा माअोवादी उम्मेदवारले १२८०, दलित महिला सदस्यमा २७१७ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस उम्मेदवार ११४५ मत ल्याएर पराजित भए। खुल्ला दुई सदस्यमा एमाले… पुरा पढौ

फेदीखोलामा बाँझो खेतؘ–बारीमा खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो खेत वा बारीमा खेती गर्ने इच्छुक कृषकलाई प्रोत्साहन गर्नका लागि आवेदन माग गरको छ । फेदीखोला गाउँपालिकाले एक सुचना जारी गर्दै यस्तो माग गरेको हो । पालिकाले विगत २ वर्षदेखि बाँझो रहेका खेत बारीमा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरिने जनाएको छ । पालिकामा बाँझो जग्गा न्यूनीकरण गर्नका निम्ति विगत दुई वर्षदेखि बाँझो रहेको खेत वारीमा खेती गर्न इच्छुक कृषकलाई यही जेठ २० गतेभित्र सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न प्रमुख प्रशासकिय… पुरा पढौ