समाचार

पोखरामा कास्की क्लबस्तरीय टी–२० लिग च्याम्पियनसीप शुरु

पोखरा,माघ २९पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिपको उदघाटन खेल सम्पन्न भएको हो ।सम्पन्न भएको खेलमा पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले २० ओभरमा १२८ रन बनायो । अनिल गुरुङले ५८ रन बनाए । उनी अन्तिम ओभरमा क्याच भए । पोखरा क्रिकेट क्लबले ९ विकेटको क्षतिमा… पुरा पढौ

गण्डकी कोरोना अपडेटःथप १०९ जनामा कोरोना पुष्टि, ३८२ संक्रमणमुक्त

पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका थप १०९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २५ जना, तनहुँका ४ जना, लमजुङका ४६ जना र नवलपुरका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ७ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, म्याग्दीका ५ जना र मुस्ताङ… पुरा पढौ

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी रहेका थिए । नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र… पुरा पढौ

रु ८० लाख बढी रकम लिएर सहकारीको अध्यक्ष खनाल बेपत्ता

झापा । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार हुनुभएको खुलासा बाहिरिएको हो । उनि गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताए । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी… पुरा पढौ

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छःप्रवक्ता डा महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए । अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट… पुरा पढौ

साझेदारी लगानीमा वडा भवन निर्माण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको रु ४० लाख र गाउँपालिकाको रु ४० लाख गरी कूल रु ८० लाख लागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब रु आठ लाख मूल्य बराबरको चार रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपश्चात सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको… पुरा पढौ

नेपाली कांग्रेस पोखरा-६ बैदामको ३ नम्बर टोल समितिको सभापतिमा लामिछाने

पोखरा, माघ २९ ।नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । टोलको उपसभापतिमा गिता देबी पहारी र विपिन पौडेल, सचिवमा शारदा लम्साल, कोषाध्यक्षमा सन्देश दाहाल र सहसचिवमा आलोक पहारी चयन भएका छन् ।यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी,विमल थापा, हेमराज पराजुलि र दिवश लामिछाने रहेका छन् ।नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका… पुरा पढौ

बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै

म्याग्दी कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ । सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको… पुरा पढौ

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित… पुरा पढौ

स्थानीय निर्वाचन: ‘कट अफ डेट’ को अन्यौल हट्यो

निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ।आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिए। मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो। सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली संकलन कार्य… पुरा पढौ