स्याङ्जा । सिद्धार्थ बहुमुखी क्याम्पस फेदीखोलाको अध्यक्षमा लक्ष्मी प्रसाद बराल चयन भएका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित क्याम्पसको शनिबार सम्पन्न भएको पाँचौ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालका समिति सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा देउकुमारी गुरुङ, डिलबहादुर मिजार, उमाकान्त सुवेदी, दयाराम लामिछाने, टिकाराम पौडेल, लेख बहादुर जिसी, गोविन्द सुवेदी, बल बहादुर गोदार, गुरुदत्त पौडेल, धनराज केसी, प्रकाश श्रेष्ठ, भिम बहादुर खत्री चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन संयोजक अधिवक्ता गिरीधारी सुबेदीले सपथ ग्रहण गराए थिए ।…
पुरा पढौ