समाचार

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडौँ। कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र… पुरा पढौ

महालक्ष्मी लाइफ इन्स्योरेन्स पोखराले मनायो तेस्रो बार्षिकोत्सब

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाइएको छ। स्थापनाको तेस्रो बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो कम्पनिका देशभरका ६३ वटा शाखाले बार्षिकोत्सब मनाउने योजना तय भए बमोजिम पोखरामा पनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ। लिमिटेडका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले कार्यक्रममा बोल्दै स्थापनाको छोटो अबधिमा उल्लेखनीय सफलता हासिल गरेको जिकिर गरेका छन्। छिट्टै अग्रणी बिमा कम्पनीको रुपमा स्थापित गर्न आफुहरु लागि परेको धमलाको भनाई छ। कम्पनीका पोखरा शाखा प्रमुख रामजीप्रसाद लम्सालले प्रत्येक… पुरा पढौ

मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले मच्छिन्द्र र ब्लु स्टारको खेल चैत २२ गते दशरथ रंगशालमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। मच्छिन्द्रले लिगको सातौँ चरणसम्म शीर्षस्थानमा रहँदै एएफसी कप छनोट खेल्ने मौका पाएको हो। एन्फाले नेपालको लिग सकिन ढिलो हुने भएकोले सातौँ चरणमा एएफसी क्लब लाइसेन्स प्राप्तमध्ये अगाडि रहने टोलीलाई एएफसी कप छनोट… पुरा पढौ

नेपालको फिफा वरीयतामा २ स्थान सुधार

फिफा वरीयतामा नेपालले २ स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले २ स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो। नेपालले घरेलु मैदान दशरथ रंगशालमा मरिसससँग भएको २ मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो। नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १ सय ४ औँ स्थानमा रहेको छ भने… पुरा पढौ

४ देशीय टी–२० क्रिकेट श्रृंखला: आज नेपाल र ओमान खेल्दै

४ देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृंखला हुन लागेको हो। विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृंखला खेल्न लागेको हो। यो श्रृंखलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ। नेपाली टोलीमा १७ खेलाडी छन्। आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटअघि… पुरा पढौ

माओवादी केन्द्रको आजदेखि बस्ने भनिएको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ। यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो। महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो। आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ। पुरा पढौ

माओवादी केन्द्रको आजदेखि बस्ने भनिएको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ। यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो। महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो। आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ। पुरा पढौ

जसको निती उसैको नेतृत्व भए समृद्धि हासिल गर्न समय लाग्दैनः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जसको निती उसैको नेतृत्व भएमा समृद्धि हासिल गर्न समय नलाग्ने बताएका छन् । पर्वतको जलजला गाउँपालिका ९ स्थित बनौ देविथानमा निर्माण हुन लागेको बौद्ध बिहारको विहिबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जसको निती उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न समय नलाग्ने दाबी गरेका हुन् । निती ल्याउने पार्टीको नेतृत्व नहँुदा समृद्धि हासिल गर्न कठिन भएको मन्त्री बरालको भनाई थियो । उनले भने “परिवर्तनको अगुवाई माओबादी पार्टीले… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको ओरालो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ । नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख… पुरा पढौ

वन पैदावारको उपयोग गर्ने खालको वन ऐन बन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा वन अधिकार सुनिश्चितताको माग गर्दै संकलन गरिएको हस्ताक्षर व्यानर हस्तान्तरण कार्यक्रममा उनले सरोकारवालसंगको छलफलबाट प्रदेश वन ऐनलाई व्यवहारिक र सरल बनाईने विश्वास व्यक्त गरे । प्रदेश अन्तर्गतका कतिपय जिल्लाका सामुदायिक वनमा रहेका ढलापडा रुखलाई निकासीमा लगाइएको प्रतिवन्दको कारण जङगलमै नष्ट भएर खेर जाने गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्राकृतिक श्रोतलाई हरित रोजगार सिर्जना तथा… पुरा पढौ