समाचार

पोखरा म्याराथनलाई एनटिएचएमसी र कुमुदिनीद्वारा थप पुरस्कारको घोषणा

पोखरा। आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स मावीले थप पुरस्कार राशीको घोषणा गरेका छन् । पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथन अन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशी २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशी १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । एक दिन अघि मात्रै पुरुषतर्फको प्रथम र छात्र तर्फको प्रथम पुरस्कार घोषणा गरेका दुई शिक्षण संस्थाले पुनः महिला र छात्रातर्फको… पुरा पढौ

शिक्षामा गुणस्तर सुधार्न विद्यालय मर्ज : मन्त्री बराल

पोखरा २३, माघ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शिक्षामा गुणस्तरको लागि बिद्यालयहरुको मर्ज आवश्यक भएको बताएका छन् । नवौं राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा आइतबार पोखरा २३ हर्पनमा आयोजित शैक्षिक सामाग्रि वितरण कार्यक्रममा वोल्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारको लागि मर्ज आवश्यक भएको बताएका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाले वसन्त पन्चमीको अवसरमा हर्पनको जनसिद्ध आधारभुत बिद्यालयमा आयोजित उक्त कार्यक्रममा वालबालिहरुलाई अक्षरआरम्भ गराउदै तथा शैक्षिक सामाग्रि समेत हस्तान्तरण गर्दै… पुरा पढौ

बरिष्ठ नेता पौडेलको प्रश्न : ३० प्रतिशत मत भएको कांग्रेसले एक्लै चुनाव लड्छु भन्दा ७० प्रतिशत कम्युनिष्ट मिले भने के गर्ने ?

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले रिष्ठ नेता पौडेलले कांग्रेससँग ३० प्रतिशत मात्रै भएकाले वर्तमान परिस्थिति बुझ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता पौडेलले गठबन्धन तोडिए एकीकृत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमालेसँग मिल्नसक्नेतर्फ आशंका व्यक्त गरे । उनले भने,‘आजको यथार्थ भनेको कुल मतदाता मध्ये ३० प्रतिशत हो हाम्रो पार्टी कांग्रेससँग भएको मत । ७० प्रतिशत मत… पुरा पढौ

चुनावमा रुख चिह्न नचिन्ने, नदेख्ने र अन्तर्घात गर्नेलाई ठामको ठाम कारवाही हुन्छ : उपसभापति गुरुङ

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी भित्र अन्तर्घात गर्नेलाई अबदेखि ठाउँको ठाउँ कारवाही हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति गुरुङले कांग्रेसको अर्जुनदृष्टि अब चुनाव भएको बताए । उनले भने,‘जसले चुनावको दिन कांग्रेसको चुनाव चिह्न रुख देख्दैन, चिन्दैन वा कांग्रेसको उम्मेद्वारबिरुद्ध उभिन्छ, त्यसलाई अन द स्पट कारवाही हुन्छ ।’ २०७९ साल चुनावी वर्ष हुने भन्दै उनले संविधानको अक्षरश पालना गरेर वर्तमान सरकारले… पुरा पढौ

ठूलठूला भ्रष्टाचार काण्डहरुको कांग्रेस नेतृत्वको सरकारले छानविन गर्नुपर्छ : सह–महामन्त्री परियार

कांग्रेस सह–महामन्त्री जीवन परियारले ठूलठूला भ्रष्टाचारका काण्डहरुलाई अख्तियारको घर्राभित्र राख्न नहुने बताए । कांग्रेस नेतृत्वको सरकारले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई निश्पक्ष छानविन गर्नुपर्ने बताउँदै उनले भने,‘हिजो छानविन भएन त के भो? आज गरौं, आज नभए भोलि अवश्यपनि गर्नुपर्छ र हुन्छ ।’ भ्रष्टाचारीलाई न्यायको कठघरामा राख्न सकियो भनेमात्रै कांग्रेस वास्तविक लोकतन्त्र पक्षधर हुने उनको भनाई थियो । सह–महामन्त्री परियारले कांग्रेस बनाउन अठोट आवश्यक पर्ने बताए । उनले भने,‘कांग्रेस बनाउने हो भने विपीकोजस्तो मागदर्शन, सुवर्ण कोइरालाकोजस्तो प्रजातन्त्रप्रतिको समर्पण, गणेशमानकोजस्तो त्याग, किसुनजीकोजस्तो निष्ठा,… पुरा पढौ

विद्युतीय धरापमा परी १० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् । उनले यसरी मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय… पुरा पढौ

नेपाली कांग्रेस पोखरा–६ बैदाममा टोल समिति गठन

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका ६ बैदाममा टोल कार्यसमिति चयन गरिएको छ । शनिबार वडा कार्यसमितिको पहलमा जेष्ठ नागिरिक सम्मान सहित टोल कार्यसमिति गठन गरेको हो । जीवन रेग्मीकोे सभापतित्वमा गठित समितिको उपसभापतिमा दिल श्रेष्ठ, सचिबमा मुना कोइराला पहारी , सहसचिबमा याम तिमिल्सीना , कोषाध्यक्षमा सन्दीप पहारी, र सदस्य हरूमा सुदिप गिरी , सिता पौडेल, तोड बहादुर थापा, कृष्ण पहारी र अभिनास नेपाली लगायत छन् । बाकि थप सदस्य समितिलेनै मनोनित गर्नेगरि समिति गठन भएको हो । कार्यक्रमको उद्घाटन… पुरा पढौ

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक : उपमहासचिव ज्ञावली

बुटवल । नेकपा (एमाले)का उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताए । रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।” उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गरे । उनले भने, “हामी चुनावबाट सबै… पुरा पढौ

प्रधानमन्त्री देउवा र ओलीविच छलफल हुँदै, ७ महिनापछि बालुवाटार जाँदै ओली

माघ २३, पोखरा । प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविच झण्डै एक महिना पछि भेटवार्ता हुने भएको छ । एमाले अध्यक्ष ओली देउवालाई भेट्न आज अपरान्ह ४ बजे बालुवाटार जाने ओलीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए । भेटघाटमा समसामयिक विषयमा छलफल हुने उनले बताए । हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट बहिगर्मन… पुरा पढौ

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर

काठमाडौँ। ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीका लागि खुल्ला गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु. तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु. १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २ र ३ तथा… पुरा पढौ