समाचार

सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुखुम्बु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए। यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक… पुरा पढौ

चन्दा सङकलन गरेरै म्याग्दीमा १८ किमी सडक निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठूलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत–जावतमा सुबिधा पुगेको छ। यसअघि, गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो। हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले १ करोड रुपैयाँ भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए। ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी… पुरा पढौ

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जित्यो

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ। शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी हुन्। महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड समेत तोडेकी छन्। जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरिन्। एएफपी पुरा पढौ

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा–आजा गरी श्रीपञ्चमी पर्व मनाइँदै

आज माघ शुक्ल पञ्चमी अर्थात यस वर्षको वसन्त पञ्चमी। हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिनलाई श्रीपञ्चमी समेत भन्ने गरिन्छ। हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिनमा वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी पर्वका रुपमा मनाइन्छ। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिएको हो। आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता,… पुरा पढौ

प्रेस चौतारी तनहुँले दमौलीमा सर्वसाधारणलाई मास्क बाँड्यो

प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले शनिबार कोभिडसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। स्थापना दिवसको अवसरमा शाखाले दमौलीस्थित भोर्लेटारचोकमा मास्क वितरण गरेको हो। प्रेस चौतारीले ४ सय भन्दा बढी मास्क वितरण गरेको हो। कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर सचेतनासँगै मास्क वितरण गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (बीबी) ले जानकारी दिएका छन्। पुरा पढौ

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

काठमाण्डौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ । आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्… पुरा पढौ

सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुहोस् : गृहमन्त्री खाँण

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिएका हुन्। उनले जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिए । सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी… पुरा पढौ

शनिबार विभिन्न जिल्लामा दुर्घटना, १६ को मृत्यु

काठमाण्डौं । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको… पुरा पढौ

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाही गर्नुपर्ने माग

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासङ्घको भनाइ छ । महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए… पुरा पढौ

स्याङ्जामा जिप दुर्घटना, २ को मृत्यु

स्याङ्जा । स्याङ्जामा शनिबार भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । जीप सडकबाट झन्डै ५०० मिटर… पुरा पढौ