समाचार

शीतभण्डारले सुन्तला किसानलाई फाइदा

गलकोट। गत आर्थिक वर्ष बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ किम्बोटमा ३० टन क्षमताको शीतभण्डार गृह (कोल्डस्टोर) निर्माण गरियो । यस वर्ष विहुँका १८ जना सुन्तला किसानले परीक्षणका लागि २२ टन सुन्तला शीतभण्डार गृहमा राखेका थिए । बिहुँकोट साना किसना कृषि सहकारी संस्थाले १८ किसानका सुन्तला रु. ५० प्रतिकेजीमा खरिद गरेर गृहमा २५ दिन राखेपश्चात अहिले सहकारीले बिक्री गर्दा प्रतिकेजी रु ९० मा बिक्री भएको छ । शीतभण्डारमा पहिलोपटक सुन्तला राखेका किसनाले रु १३ लाखको सुन्तला २५ दिनको अवधिमा १६ लाख पार्न… पुरा पढौ

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए । उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो ।आव २०७६÷७७ मा ६६९ नयाँ घरेलु उद्योग… पुरा पढौ

स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु

बैतडी । स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन् । स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो । सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा सुचारु भएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए । जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो ।… पुरा पढौ

निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो

म्याग्दी । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम ९भाग० यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक भए पनि पछिल्लो पटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इञ्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताए। “ढलानको भार थाम्न… पुरा पढौ

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ । हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको… पुरा पढौ

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागल्ङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए। उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र… पुरा पढौ

भूमि आयोगद्धारा सुकुम्बासीको जग्गा नापिदै

चितवन । चितवन जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ । भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २०… पुरा पढौ

हवाई सेवा एक महिनादेखि बन्द

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान भर्दै आएको समिट एयरले गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । उनले भने, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ । ”मौसम सफा हुँदै गएकाले अब केही… पुरा पढौ

गृहमन्त्रीद्वारा विभिन्न १४ जिल्लाका प्रजिअसँग टेलिफोन वार्ता

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारी गरी १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गरेका थिए ।उनले प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

लमजुङ । लमजुङको राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताएका छन्। त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ… पुरा पढौ