समाचार

चालक तथा सहचालकलाई आतिथ्यता, ट्राफिक नियम बारे तालिम

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवद्र्धनमा पर्यटक यातायातमा खटिने चालक तथा सहचालकलाई आतिथ्यता, ट्राफिक नियम लगायतमा तालिम दिइएको छ । संघले माघको पहिलो हप्ता चालक तथा सहचालकका लागि सञ्चालित दुई दिने तालिममा ७० जना सहभागी रहेको संघका गण्डकी प्रदेश अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिइ । तालिमका क्रममा सहभागीलाई ट्राफिक निती नियम, यात्रुलाई गरिने आतिथ्यता तथा व्यवहार, सुरक्षा तथा प्रविधिक पक्षबारे जानकारी गराइएको थियो । पर्यटकहरू सर्वप्रथम चालक तथा सहचालकसँग… पुरा पढौ

प्रस्तावित लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा बसेलको उम्मेद्वारी

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई(I) नेपालको लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा पोखराका रामबहादुर बसेलले उम्मेदवारी दर्ता गराएका छन । उनिसँगै प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा म्याग्दीका चन्द्रकुमार केसी र पोखराका बिनोद ढुङगानाले उम्मेद्वारी दर्ता गराएका हुन । विगत १८ बर्षदेखी निरन्तर लायनवादमा सक्रिय बसेल लायन्स क्लब अफ पोखरा पिपल चौतारीका संस्थापक अध्यक्ष हुन । त्यस्तै, सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष र ढुङगाना लायन्स क्लब… पुरा पढौ

आहा ! रारा गोल्डकपमा एपिएफले जित्ने अनुमान गरेका कास्कीको थुमाको डाँडाका सापकोटा पुरस्कृत

पोखरा । सहारा क्लवको आयोजनामा पोखरामा जारी २० औं आहा रारा गोल्डकपमा शनिबारको खेलमा एपिएफ क्लवले जित्ने अनुमान गरेका कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा पुरस्कृत भएका छन् । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’ अन्तरगत भुटनिज युथ स्पोर्टस क्लव र एपिएफ क्लवविचको तेस्रो दिनको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा सापकोटा विजेता घोषित भएका हुन् । उनलाई आइतबार खेलस्थल पोखरा रंगशालामा हिमश्री फुड्स प्रा.लि.… पुरा पढौ

सत्तारूढ दल र कानुनविद्बीच छलफल : बाझिएका कानुन संशोधन गर्न सुझाव

काठमाण्डौं । सत्तारूढ पाँच दलीय गठबन्धन र कानुनविद्बीच आगामी स्थानीय तहको निर्वाचन गर्ने कानुनी प्रावधान सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कानुनविद्हरूले नेपालको संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिएका छन् । बैठकमा कानुनविद्हरूले स्थनीय तह निर्वाचन ऐन, २०७३ संविधानसँग बाझिएको देखिएकाले संशोधन गर्न सुझाव दिनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए । संविधानको धारा, २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र त्यस्तो कार्यकाल समाप्त भएको… पुरा पढौ

पुलिसलाई २–० ले स्तब्ध पार्दै मनाङ आहा ! रारा गोल्डकपको सेमीफानइनलमा

पोखरा, माघ ९ फुटबलको बाघ भनेर चिनिने मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा आइतबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले स्तब्ध पार्दै मनाङ सेमीफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको मनाङले दोश्रो हाफमा २ गोल ग¥यो । पहिलो हाफ भन्दा दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङले खेलको ६४ औं मिनेटमा गोलको खाता खोल्यो । मनाङका लागि रुपेश केसीले गोलको खाता… पुरा पढौ

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालका सेवा सुचारु गर्नै मुस्किल

भरतपुर । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजबाट बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी सङक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिड–१९ का बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङग सेवामा चाप घटाउन बिहान ८ः३० बजेदेखि जिओपिडि सञ्चालन गरेको थियो । छिटो अस्पताल… पुरा पढौ

आजदेखि पाल्पा जिप्रकामा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने,… पुरा पढौ

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौ । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ । मानवअधिकार परिषद्, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि ९सिइडीएडब्ल्यू०, लागुऔषध नियन्त्रणसम्बन्धी आयोग, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगको सदस्यमा निर्वाचित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग… पुरा पढौ

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा हुदै

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि भोलि सोमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । यस्तै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति… पुरा पढौ

प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम गरेको छःप्रदेश प्रमुख खापुङ

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् । प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए । उनले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा… पुरा पढौ