घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता


     एभरेस्ट आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित




लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए ।

उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो ।आव २०७६÷७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा २३७ उद्योग नवीकरण गरिएको थियो ।

उद्योग दर्ता गर्दा सरकारी सेवा तथा सुविधा पाइने भन्दै स्थानीय तहले जानकारी गराएकाले दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनको भनाइ थियो । कार्यालय प्रमुख भुषालले भने, “बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा पसल बढिरहेका छन् । दर्ता भएकामध्ये अधिकांश कृषि फार्म, सिलाइकटाइ, अलैँची, ब्यूटीपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।