समाचार

पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागु

तनहुँ । तनहँ मा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो । पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । मानव स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट… पुरा पढौ

गाउँपालिकामा अत्यावश्यबाहेकका सेवा स्थगन

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ । स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । उनले भने, “अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ । त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द… पुरा पढौ

नेलम्बो नेपाल पोखराद्धारा कोरोना सँक्रमित तथा सरुवा रोग अस्पताललाई सहयोग

कास्की । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तेस्रो लहरका रुपमा फैलिएको नयाँ भेरियन्ट आक्रमक रुपामा समुदाय स्तरमा फैलि सकेको हुँदा फरक तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत संस्थाले लेखनाथमा रहेको संक्रमण तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । अस्पतालललाई डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पन्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ पिस गरि… पुरा पढौ

अन्नपूर्ण आधार शिविर पदमार्गमा पूर्वाधार थपिने क्रम जारी

गण्डकी । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले । यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ । विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ । चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने परम्परागत सुविधा सम्पन्न… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनः आइतबार मध्यरातदेखि मौन अवधि सुरु

माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि हिँजो (आइतबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधिभर निर्वाचन प्रसार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाउनु पर्नेछ। आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ। उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने… पुरा पढौ

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कोरोना पुष्टि भएको हो। भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई संक्रमण पुष्टि भएको छ। तिमध्ये ३ चिकित्सकसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिएका छन्। स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ। यस्तै, सुत्केरी सेवा पनि नियमित संचालन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत… पुरा पढौ

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिएका छन्। गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ। जिल्लाका १०… पुरा पढौ

कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वतको कुश्मा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ। कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार आज (सोमबार)देखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरेको हो। कुश्मा नगरपालिका संकट व्यवस्थापन केन्द्रको बैठकबाट यस्ते निर्णय गरेको हो। माघको १६ गतेपछि संक्रमणको अवस्था हेरेर सोही निर्णय हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक बाहेकका सेवाहरू बाहेक अन्य सेवाका लागि नआउन र स्वास्थ्य सतर्कतासम्बन्धी… पुरा पढौ

गण्डकी प्रदेशकै उत्कृष्ट धवलागिरी अस्पताल

बागलुङस्थित धवलागिरी अस्पताल गण्डकी प्रदेशमध्येकै उत्कृष्ट अस्पतालका रुपमा चुनिएको छ। धवलागिरी अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा चुनिएको हो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा २ पटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक अंक प्राप्त गर्दै आएको हो। हाल, उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो। धवलागिरी, गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अंक… पुरा पढौ

आज पोखराका १५ स्थानमा खोप लगाइँदै

पोखराको विभिन्न स्थानमा आज (सोमबार) देखि खोप लगाइँदैछ। पोखराको १५ स्थानबाट आज (सोमबार) र भोली (मंगलबार) खोप वितरण हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। पोखरा महानगरपालिका महाशाखाको व्यवस्थापनमा पोखराको विभिन्न स्थानमा कोभिड–१९ विरुद्धको खोप अभियान संचालन गर्ने महाशाखाले जनाएको हो। महाशाखाले एक सूचना जारी गर्दै आज सोमबार पोखराका १५ स्थानबाट पहिलो र दोश्रो मात्रा खोप वितरण हुने जनाएको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जनसन, एष्ट्राजेनेका, कोभिशिल्ड र भेरोसिलको पहिलो खोप लगाएकालाई दोश्रो डोज खोप दिइनेछ। यस्तै, एक पटक पनि… पुरा पढौ