समाचार

नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी बनेका छन्। पार्टीको १० औं अधिबेशनबाट अध्यक्षमा गुरुङ विजयी बनेका हुन्। गुरुङले प्रतिद्वन्द्वी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै कास्की एमालेको अध्यक्षमा निर्वाचित भए। मंगलबार भएको निर्वाचनमा गुरुङले ४५६ मत ल्याए भने बैरागीले ४०७ मत ल्याए। उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भएका छन्। अधिकारीले प्रतिद्वन्द्वी प्रभा कोइरालालाई ८ मतान्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भए। अधिकारीले ४२१ मत ल्याउँदा कोइरालाले ४१३ मत ल्याइन्। त्यस्तै, सचिवमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन्। क्षत्रीले प्रतिद्वन्द्वी बिष्णु केसीलाई १११… पुरा पढौ

प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुदाँ र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि पे्रस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताए । विगतमा ल्याएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उहाँले… पुरा पढौ

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

म्याग्दी । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द… पुरा पढौ

मेला, महोत्सव, भेला, सम्मेलनलगायत स्थगित गर्न कास्की प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानिय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै कोभिड संक्रमण बढेकाले त्यसलाई बल पुग्ने खालका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेका हुन् । प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आम नागरिकको स्वास्थ्य सुरक्षा, नागरिकको दैनिक जीवनलाई सूचारु एवम् सजगताप्रति सबै आ–आफ्नो तर्फबाट जिम्मेवार बनी कोभिड–१९ को प्रतिकार्यमा सहयोग गर्न गराउनुहुन सबै राजनीतिक दल, सार्वजनिक एवम् अन्य… पुरा पढौ

पुम्दीकोटमा आयोजना हुने भनिएको महायज्ञ स्थगित

पोखरा २७, पुष पोखरा २२ को पुम्दीकोटमा आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म बिशाल महमादेवको मुर्ति निर्माणको अभियान अन्र्तगत अधुरा कार्यपूरा गर्न पुनः दोश्रो पटक आयोजना हुन लागेको शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हाल स्थगित भएको छ । उक्त महायज्ञ संचालनको अन्तिम चरणमा पुगे पनि विश्व व्यापी महामारी कोरोना भाइरस शंक्रमणको तेश्रो लहरका कारण हाललाई स्थगित गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले जनाए । कोरोना… पुरा पढौ

टाइगर कप भलिवलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् । मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी विभागिय क्लव नेपाल पुलिस संग ३–० को सोझो सेटमा पराजित भएको छ । एपिएफ संग पहिलो खेल जितेर उत्साहका साथ मैदान उत्रिएको गण्डकीलाई पुलिसले २५–२२ ले जित्दै पहिलो सेटबाटै दवावमा राख्दै अग्रता कायम गरेको थियो । यसै गरी दोश्रो सेट २५–१८… पुरा पढौ

एमाले कास्कीको मतदानमा ९७.५ प्रतिशत मत खस्यो

पोखरा, पुस २७ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको चुनावमा उक्त मत खसेको हो । कास्कीमा एमालेका ९१९ सदस्य थिए । जसमा ८९६ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म भएको थियो । निर्वाचनले एमाले कास्कीको नया नेतृत्व चयन गर्नेछ । एमाले कास्कीको नया नेतृत्वका लागि… पुरा पढौ

हराएका दुई कलाकृति अमेरिकाबाट नेपाल ल्याइँदै

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा.जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् । मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१०… पुरा पढौ

युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा नवप्रवर्तनात्मक विचार गोष्ठी हुने भएको छ । राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले विचार गोष्ठी सञ्चालन गर्न लागेको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले जिल्लाकै आठवटा स्थानीय तहका युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग गरिएको बताए। जिल्लाभित्रका युवाहरुले माघ १० गतेभित्र स्थानीय तहको शिक्षा शाखामार्फत आफ्नो विचार पठाउनुपर्ने पाण्डेले बताए । कुनै क्षेत्रको विकास तथा प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा युवाहरुले आफ्नो धारणा राख्ने प्रतियोगिता नै नवप्रवर्तनात्मक विचार गोष्ठी… पुरा पढौ

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

मध्यपुरथिमि । नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिए । आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५,… पुरा पढौ