समाचार

गण्डकी प्रदेशको हक्की टोली तेस्रो, उपाधि भने आर्मीले उचाल्यो

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश टिमले तेस्रो स्थान हात पारेको छ। प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि शनिबार भएको भएको खेलमा गण्डकीले प्रदेश नं २ लाई टाइब्रेकरमा २–१ गोलले हराउँदै तेस्रो भएको हो। गण्डकीले ट्रफीसहित नगद १५ हजार रुपैयाँ हात पारेको छ। निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। सेमिफाइनलमा गण्डकी नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मीसँग ३–० ले पराजित बनेको थियो। प्रतियोगिताको उपाधि भने नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले… पुरा पढौ

मनाङमा हिमपातमै बुस्टर खोप अभियान

मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान संचालन भइरहेको छ। कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि कोरोना संक्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिएका छन्। उनका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप… पुरा पढौ

मनाङ प्रवेश गर्न अनिवार्य खोप कार्ड

मनाङमा प्रवेश गर्ने सवारी चालकसहित यात्रुलाई खोप कार्ड अनिवार्य गरिएको छ। कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्लामै कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई मास्कसमेत अनिवार्य गरिएको छ। मनाङमा हालसम्म कोरोनाको सक्रिय संक्रमित नरहेको अवस्थामा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताइएको हो। मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४ जनाको मृत्यु भएको थियो। पुरा पढौ

कास्की काँग्रेसको कोषाध्यक्षमा माइकल कर्माचार्य

नेपाली काँग्रेस कास्कीको कोषाध्यक्षमा व्यावसायी माइकल कर्माचार्य नियुक्त भएका छन्। शनिबार बसेको जिल्ला समितिको बैठकमा पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गर्न राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिएका छन्। कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए। काँग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ। बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक तोकेको छ। पुरा पढौ

नेकपा(एकीकृत समाजवादी)को मादी गाउँपालिका अध्यक्षमा सापकोटा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कास्कीको मादी गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ। गाँउपालिकाको शनिबार सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाँउपालिका कमिटी गठन गरेको छ। उक्त कमिटीको उपाध्यक्षमा साजन तामाङ, सचिव दुर्गा भुजेल र उपसचिव दुर्गा थपलिय छन्। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री तुलबहादुर गुरुङले जनताको पक्षमा ईमान्दार साथ कृयाशिल भएर समाजवादको लक्ष्य भेट्टाउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। पुरा पढौ

पोखराको न्यूरोडमा खुल्यो टेक्स्टुडियो

पोखरा । पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए । युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए । उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग… पुरा पढौ

मुख्यमन्त्री पोख्रेलद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्नुभएको छ । उनले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचना अवलोकन गरेका हुन् । विगतमा विभिन्न कारणले आयोजना निर्माणमा ढिलाइ भए पनि अहिले निर्माण कार्य उत्साजनक देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले निर्धारित समयसीमाभित्रै काम सक्न निर्देशन दिए । आयोजना निर्माण गर्दा स्थानीय समाजसँग घुलमिल हुँदै तनहुँवासीको आर्थिक जीवनस्तर उकास्ने गरी काम गर्न पनि आग्रह गर्दै… पुरा पढौ

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाण्डौं । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले स्थानीय तहको निर्वाचनका लागि समयमा मिति घोषणा गर्न माग गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेकाले चाँडो निर्वाचनको घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रियसभाका सदस्य डा खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिँदै सम्भव भएसम्म तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने बताए । संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने बताउँदै उनले भने, “प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सकिन्छ… पुरा पढौ

सोमबारसम्म मौसम बदली हुने

काठमाण्डौं । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । विभागले चेतावनी तथा परामर्श… पुरा पढौ

आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ विजेता शाक्य पुरस्कृत

पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का शुक्रबारका बिजेता पोखरा–१५ गलेश्वरका उम्मिद शाक्यलाई पुरस्कृत गरिएको छ । सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा हिमालयन शेर्पा क्लव र नेपाल पुलिस क्लवविचको दोस्रो दिनको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएका शाक्यलाई शनिबार सहारा क्लव यूकेका संस्थापक अध्यक्ष नविन गुरुङले पुरस्कृत गरका हुन् । रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष… पुरा पढौ