पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले माक्स, पञ्जा, कुचो बाल्टी, डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । गिरीले भने ‘शैक्षिक वातावरण स्वस्थ बनाउन सरसफाइको संस्कार अपरिहार्य छ । सफाशान्त वातावरणमा ज्ञान लिन र दिन आफैबाट सुरु गर्नुपर्छ । ’ क्याम्पस प्रमुख विरञ्जी गौतमले भने ‘शिक्षासँगै सरसफाइ क्रियाकलाप कायम राख्नु शैक्षिक वातावरण निर्माण गर्नु हो ।’ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक…
पुरा पढौ