समाचार

महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून निर्माण बनाउन तर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानून निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गरेका हुन् ।उहाँले शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधार भएको बताए । ‘शिक्षा नै… पुरा पढौ

पर्वतको फलेवास नगरपालिकामा नेकपा ‘एस’को नगर कमिटि अध्यक्षमा लम्साल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकिकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गरे कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका… पुरा पढौ

एघारौं पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म, ४१ उपसमिति गठन

एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति… पुरा पढौ

आफैले बोकेको बन्दुक अचानक पड्किदा एकको मृत्यू

आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यू भएको छ । आफैले बोकेको बन्दुक पड्केर लाग्दा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकस्थित ओखल्दीका १७ वर्षिय रोहित मल्लको आईतबार मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार रोहित र उनका छिमेकी ४७ वर्षिय सुनबहादुर गुरुङ घरदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको तुरतुरे पाखामा शिकार खेल्न गएका थिए । शिकार खेल्न जाँदै गर्दा आईतबार साँझ करीब ७ः३० बजेको समयमा अचानक आफैले बोकेको सिलिङसहितको एकनाले भरुवा बन्दुक पड्केर… पुरा पढौ

करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए । घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगाैँडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी… पुरा पढौ

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन । स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा… पुरा पढौ

पोखरा सिटी टुर गाइड एशोसिएसनको अध्यक्षमा गौतम

पोखरा सिटी टुर गाइड एशोसिएसनको अध्यक्षमा दिनेश गौतम निर्वाचित भएका छन्। एशोसिएसनको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षतामा चयन गरेको हो। अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा बुद्धिसागर देवकोटा, सह–सचिवमा खमानसिंह गुरुङ सर्वसम्मत चयन भएका छन्। यसैगरी, सदस्यहरुमा झपेन्द्रबहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी चयन छन्। नवनिर्वाचित अध्यक्ष गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडको महत्वपूर्ण भूमिका रहेको जनाउँदै आगामी दिनमा संस्थाको उद्देश्यअनुरुप कार्ययोजना बनाएर… पुरा पढौ

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी… पुरा पढौ

‘ओमिक्रोन’ बाट बच्न आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो। भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवत–जावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवत–जावतको व्यवस्था… पुरा पढौ

तनहुँमा गोली लागेर एकजनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शिकार खेल्न जंगलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए। पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन्। रासस पुरा पढौ