समाचार

जोन्टा क्लव अफ पोखराको महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम को आयोजना

पोखरा । जोन्टा क्लव अफ पोखराले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । अभियानका अवसरमा क्लवले पोखरामा विद्यालय स्तरिय निबन्ध प्रतियोगिता र बालविवाहको अन्त्यका लागि तयार पारिएको भिडियो सामाग्री सार्वजनिक गरेको क्लवका अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिइन् । कार्यक्रममा कुमुदिनी होम्स माध्यमिक विद्यालय, पश्चिमाञ्चल माध्यमिक विद्यालय, विन्द्येश्वरी आर्दश बोर्डिङ स्कुल र गुरुकुल विद्याश्रमसंगको सहकार्यमा निबन्ध प्रतियोता सम्पन्न गरेको क्लवका अध्यक्ष गोशलीले जानकरी दिइन् । यस्तै बालबिवाह अन्त्यसम्बन्धी क्लवका सदस्य तथा एड्भोकेसी कमिटी… पुरा पढौ

नेपालले आज कुवेतसँग महिला टी–२० विश्व कप एसिया छनोटको खेल खेल्दै

आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ। नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो। प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हारेको थियो। दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको संभावना कायमै राखेको छ। छनोटअन्तर्गत यूएई लगातार २ खेल जित्दै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान १÷१ खेल जितेको नेपाल, मलेसिया, हङकङ र भुटानको… पुरा पढौ

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

आज नोभेम्बर २५ तारिक अर्थात अर्थात महिला हिंसा अन्त्य दिवस। लैङ्गिक हिंसा विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरी हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरको १६ दिनसम्म यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०२१ को यस दिवसको संस्करणको नारा चाँही संयुक्त राष्ट्रसंघले अलिक बेग्लै तय गरेको छ। महिला हिंसा अन्तका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै यस वर्ष… पुरा पढौ

१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका छन्। ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको मन्त्री खतिवडाको भनाई छ। १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ। जसमा ५ देखि ९ वर्ष उमेर… पुरा पढौ

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ। गत कार्तिक २९ गते बसेको प्राधिकरण संचालक समितिको बैठकले नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जीएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो। टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जीएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो। त्यसमध्ये ९७४ मा आधारित भएर जीएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द… पुरा पढौ

अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फहराउदै दोश्रो पटक पुरा गरे लिस्बन म्याराथन

लिज्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर दोश्रो पटक लिस्बन म्याराथन पुरा गरेका छन् ।पोर्चुगलमा भएको लिस्बन म्याराथन मिनी च्याम्पिनमा ९ वर्षे युरेशले दौड पूरा गर्न सफल भएका हुन् । म्याराथन क्लब पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ बर्षीय युरेश पाण्डेयले आफ्ना ७ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् । बेलायतमा जन्मिएका युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश… पुरा पढौ

कास्की कांग्रेस उपसभापतिमा रंगिला पौडेलको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् । उनले अग्रज नेताहरुको सल्लाह, सुझाव , समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको इच्चा बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमा आँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् । कांग्रेसमा सवल र सक्षम नेतृत्वकालागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् । हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी… पुरा पढौ

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले… पुरा पढौ

धौलागिरि बहुमुखी क्याम्पसमा थपियो छात्रावास सुविधा

गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको सुविधा थप भएको छ । यसअघि छात्रहरुका लागि मात्रै आवासीय सुविधा दिँदै आएको क्याम्पसले हालै सुविधासम्पन्न छात्रावास निर्माण सम्पन्न गरेको छ । सरकारी क्याम्पसका रुपमा रहेको सो क्याम्पसमा साबिक धौलागिरि अञ्चलको बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् । बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित गरी छात्रावास तयार गरिएको क्याम्पसले जनाएको छ । कोठा भाडामा बसेरसमेत अध्ययन… पुरा पढौ

दुर्घटनामा अखिल क्रान्तिकारी विद्यार्थी नेताको मृत्यु

तनहुँको डुम्रे–बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक हुन्। दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी… पुरा पढौ