समाचार

युरोपेली यूनियनका राजदुत नोना डेप्रे पत्रकार महासंघ कास्कीमा,फ्रि मिडिया नेटवर्कबारे छलफल

युरोपेली यूनियनका नेपालस्थित राजदुत नोना डेप्रेले पत्रकारले खोज,अनुसन्धानमुलक र सन्तुलित माचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । फ्रि मिडिया नेटवर्क कास्कीको पत्रकार महासंघमा आज भएको बैठक तथा अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि घटनाको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिँदै गलत सूचना प्रवाहबाट जोगिन आग्रह गर्नुभयो । राजदुत डेप्रेले लोकतन्त्रमा अभिब्यक्ति स्वतन्त्रता , कानूनी शासन महत्वपूर्ण रहेको भनाई राख्नुभयो । मिडिया नेटवर्कका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीको पत्रकारिताका अवस्था, कोभिडले मिडिया , सञ्चारकर्मीमा पारेको प्रभाव र पत्रकारिताको चुनौति बारेमा राजदुतलाई… पुरा पढौ

दस्तुर तिर्ने हामी, रसिद पाउने किन अर्को : कोइराला

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ । धितो बन्धकको रसिद व्यवसायीकै नाममा काट्नुपर्ने माग पनि महासंघ गण्डकीको रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसमक्ष सो माग राखेको हो । अहिले मालपोत कार्यालयमा धितो बन्धक राख्दा कर्जाको रकम हेरेर दस्तुर तोकिन्छ । महासंघले भने यसरी कर्जाको… पुरा पढौ

बैंकहरुलाई ताकेता नगर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले मौद्रिक नीतिले दिएको छुट कार्यान्वयमा नल्याएकोमा आपत्ति जनाएको छ । संघले कोभिड–१९ सँगैको लकडाउन,निषेधाज्ञाबाट उत्पन्न विषमतासँगैको नकारात्मक प्रभावबाट उद्योग÷व्यवसायलाई राहत प्रदान गर्न आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषणा गरेका राहतका कार्यक्रम कार्यान्वयनको लागि पुनः निर्देशन दिन नेपाल राष्ट्र बैंकसँग आग्रह पनि गरेको छ । पुस मसान्तको अन्त्यमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मौद्रिक नीतिको विपरित उद्योगी÷व्यवसायीसँग कर्जाको साँवा र ब्याज माग्न थालेपछि संघले सो माग गरेको हो । संघका… पुरा पढौ

युरोपेली संघकी राजदूत डोपरेजसँग पोउवा संघका प्रतिनिधिको भेटघाट

पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र युरोपियन युनियनको तर्फबाट नेपालका लागि राजदूत नोना डोपरेजसँग द्धिपक्षीय सहकार्यका बारे छलफल भएको छ । छलफलको क्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरालाई शिक्षा, स्वास्थ्य,पर्यटन र कृषिको व्यावसायिकरण भएको सहर बनाउने अभियानको नेतृत्व गरको संघ युरोपेली युनियनसँग सहकार्य गर्न तयार रहेको बताए । उनले संघले संचालनमा ल्याएका केही परियोजनाको उदाहरण दिँदै वातावरण संरक्षण र दीगो उद्यमशीलता विकास आफ्नो लक्ष्य भएको जानकारी पनि दिए । छलफलमा बोल्दै नेपालको लागि युरोपेली… पुरा पढौ

पोखरामा बालिकाको कानका गहना चोरेको आरोपमा पक्राउ

पोखरा । पोखरामा बालिकाले लगाएको सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–७ घारीपाटनकी रमिला पौडेलकी पाँच वर्षिया छोरीलाई ललाई फकाई गरि कानमा लगायका सुनका मुन्द्रा चोरी गरि फरार रहेको आरोपमा पोखरा–११ पूmलबारीकी वर्ष २२ की एलिसा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पोखराको रानीपौवामा सुन पसल सञ्चालन गरि बस्ने वर्ष ३० का बिजय सुनारलाई पनि सोही घट्नामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

नेलम्बो नेपालद्वारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्री वितरण

शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको नेलम्बो नेपालले कास्कीका तीन वटै गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । नेलम्बो नेपालले अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिसकेको जनाएको हो । त्यस्तै पोखरा महानगरपालिका केही वडा तथा सामुदायिक विद्यालयहरुलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण भइरहेको नेलम्बो नेपालले जनाएको छ ।पछिल्लोपटक नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर १३ नं. स्थित भद्रकाली माध्यमिक विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।… पुरा पढौ

सेन्ट्रल गार्डनले मनायो मेलबिन्स सप्ताह

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले लायन्सका पिता मेलवन्स जोन्सको जन्मसप्ताह विविध कार्यक्रमका साथ मनाएको छ ।डिस्ट्रिकको निर्देशन अनुसार क्लबले जनवरी ७ देखि १३ तारिखसम्म विभिन्न कार्यक्रम आयोजना गरेर र सहभागिता जनाएर मेलबिन्स सप्ताह मनाएको हो । क्लबले सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत जनवरी ७ देखि १३ गतेसम्म फेदीखोला गाउँपालिका भाटखोला स्याङ्जामा रहेको शारदा रमणीय डाँडा आधारभूत विद्यालयका विद्यार्थीलाई सात दिन, सातथरी दिवा खाजा खुवाएको छ । दिवा खाजा कार्यक्रमको रकम ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटले… पुरा पढौ

गोरखामा रुख ढलेर च्याप्दा एकको मृत्यु

गोरखा । गोरखामा रुख काट्ने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ । गोरखाको भिमसेन थापा गाउँपालिका–३ तान्द्राङमा स्थानिय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा १८ वर्षका एक युवकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पाँचथर घर घर भई विगत १० दिनदेखि सोही ठाउँमा रुख काट्ने काम गर्दै आएका उमेश राईको काट्दै गरेको रुख ढलेर च्याप्दा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

ओलीले भारतसामु आत्म समर्पण गरिसके : बाबुराम

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले भारतसामु आम्तसमर्पण गरिसकेको बताएका छन् । जनता समाजवादी पार्टीको संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको बिरुद्ध पोखरामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै डा.भट्टराईले ओलीले आफ्नो शासन सत्ता लम्ब्याउन भारतसामु आत्मसमर्पण गरिसकेको आरोप लगाएका हुन् । ा हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसक्यो,भारतको नाम नलिईकन उनले भने,‘ओलीले आत्म समर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछ, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेको हो । यसको… पुरा पढौ

गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस संक्रमण

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो । पछिल्लो क्रममा थपिएका संक्रमित मध्य कास्कीका १९, तनहुँका २ र पर्वतका एक जना छन् । थपिएका मध्य १३ जना पुरुष र ९ जना महिला भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोही अवधीमा ४१ जना कोरोना भाइरसमुक्त भएका छन् । हालसम्म १४ हजार २१९ जना कोरोनामुक्त… पुरा पढौ