समाचार

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख… पुरा पढौ

काठमाडौँ सडकमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौँ । महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ । महानगरपालिका क्षेत्रभित्रका… पुरा पढौ

राष्ट्रिय योग दिवसमा योगाभ्यास

काठमाडौँ। राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनुहुन्छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको… पुरा पढौ

विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता बलियो हुन्छ : मुख्यमन्त्री गुरुङ

कास्की।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । देश संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उहाँले विज्ञप्तिमा उल्लेख… पुरा पढौ

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्नेे आफ्नै परम्परा रहको उल्लेख गर्नुभएको छ । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा… पुरा पढौ

आज माघे सक्रान्ती, सार्वजनिक विदा, धुमधामका साथ थारु, मगर र नेवारी समुदायमा पर्व मनाइँदै

आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन। यस पर्वलाई मिठो खाने अनि सबैको भलो चिताउने पर्वका रुपमा पनि लिइन्छ। माघ महिना, मध्य हिँउदको एउटा महत्वपूर्ण महिना भएकाले पनि आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरेको दिन। त्यसैले आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्व र परम्पराका रुपमा मनाइने गरिन्छ। सनातन संस्कारमा तिलको विशेष महत्व छ। चाहे होमजप गर्नलाई चरुको रुपमा होस् या पूजा तथा दान गर्दा होस्… पुरा पढौ

युट्युबबाट पनि हट्यो ट्रम्पको च्यानल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई निलम्बन गरेको छ। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि मंगलबार ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो। ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइने जनाएको छ। यद्यपी, ट्रम्पको च्यानलबाट अपलोड गरिएका कुन भिडियोले युट्युबको नीति उल्लंघन ग¥यो भनेर खुलाइएको छैन। यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो। त्यस्तै,… पुरा पढौ

५ महिनामा ४ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

मुलुकमा कोरोना संक्रमण सुरु भएयता उकालो लागिरहेको रेमिट्यान्स बढ्ने क्रम जारी छ। चालू आर्थिक वर्ष २०७७÷७८ को ५ महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको ५ महिनामा अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको तथ्यांकअनुसार चालू आवको मंसीरसम्म ४ खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो… पुरा पढौ

अमेरिकामा एक महिलालाई मृत्युदण्ड

संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ। एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ। अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो। मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन्। ती महिलालाई इन्डियाना… पुरा पढौ

नवप्रभात मा.वि.मा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

पोखरा ९ नयाँबजारमा रहेको नवप्रभात माविले कक्षा ११ मा अध्ययनका लागि आउका नवआगन्तुक बिद्यार्थीलाई बुधबार स्वागत गरेको छ । विद्यालयले कक्षा ११ अन्तर्गत कानुन र ब्यवस्थापन बिषयमा अध्ययन अध्यापन शुरु गरेपछि अध्ययनका लागि विद्यार्थीलाई बुधबार एक कार्यक्रम गरेर स्वागत गरिएको हो ।स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगर शिक्षा महाशाखाका विद्यालय निरिक्षक जीवन रेग्मीले नवप्रभात मावि पोखराको शैक्षिक गतिविधिमा अग्र पङ्तीमा रहेको भन्दै आगामी दिनमा पनि गुणात्मक छविलाई निरन्तरता दिनु सुझाव दिए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपेन्द्र मर्सानीले नवप्रभात… पुरा पढौ