दशाँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घमा आबद्ध ४७ जिल्लाका खेलाडी तथा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबका गरी झण्डै दुई सय खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा क्वाटरफाइनलमा विजयी हुने…
पुरा पढौ