समाचार

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

रियल सोसिडाडलाई टाइब्रेकरमा हराउँदै स्पेनिस महारथी बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ। निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।फ्रांकी डि योङले बार्साका लागि निर्णयाक गोल गरेका थिए। बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सोसिडाडका दुईवटा प्रहार रोकेका थिए। यसअघि, डि योङले खेलको ३९ औँ मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा उनले नै ह्यान्डबल गरेपछि सोसिडाडले पेनाल्टी पायो जसलाई मिकेल आयोरजाबालले सजिलै गोलमा परिणत गरे। साबिक विजेता रियल म्याड्रिडले अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओको… पुरा पढौ

पीएसजीले जित्यो फ्रेञ्च सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि जितेको छ। उपाधि भिडन्तमा मार्सेलीलाई २–१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीले कीर्तिमानी १० औं पटक उपाधि जितेको हो। खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पीएसजीले अग्रता लियो। ८५ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। इकार्डीलाई मार्सेलीका गोलकिपरले लडाएपछि प्राप्त पेनाल्टी अवसरमा नेइमारले गोल गरे। मार्सेलीका लागि डिमिट्री पाएटले दोस्रो हाफको अन्त्यतिर गोल फर्काए पनि सो गोल सान्त्वनामै सीमित बन्यो। केही समयअघि मात्रै पीएसजीको प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेटिनोले प्रशिक्षकको… पुरा पढौ

पीएसजीले जित्यो फ्रेञ्च सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि जितेको छ। उपाधि भिडन्तमा मार्सेलीलाई २–१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीले कीर्तिमानी १० औं पटक उपाधि जितेको हो। खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पीएसजीले अग्रता लियो। ८५ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। इकार्डीलाई मार्सेलीका गोलकिपरले लडाएपछि प्राप्त पेनाल्टी अवसरमा नेइमारले गोल गरे। मार्सेलीका लागि डिमिट्री पाएटले दोस्रो हाफको अन्त्यतिर गोल फर्काए पनि सो गोल सान्त्वनामै सीमित बन्यो। केही समयअघि मात्रै पीएसजीको प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेटिनोले प्रशिक्षकको… पुरा पढौ

लुम्विनीको भन्दा पोखरा विमानस्थलको काम सन्तोषजनक : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले लुम्विनी अन्र्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा आउने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि पहिलोपटक पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अवलोकन गर्दै उनले लुम्विनीको भन्दा पोखरा विमानस्थल छिटो सञ्चालनमा आउने बताएका हुन् । निर्देशन दिन नभई विमानस्थलको प्रगति बुझ्न आफू आएको भन्दै उनले भने,‘हिजो लुम्विनी अन्र्तराष्ट्रिय विमानस्थल र आज पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल अवलोकन गरेँ, दुबै हेर्दा लुम्विनीमा भन्दा यहाँ (पोखरा)बाटै शान्ति आउने रहेछ कि जस्तो लाग्यो… पुरा पढौ

आजदेखि पीएम कप पुरुष क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ। टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ। पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन्। क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ। समूह ’ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश छन्।समूह ’बी’ मा नेपाल पुलिस… पुरा पढौ

सृजना विकास केन्द्रमा नया कार्य समितिलाई पदस्थापन

सृजना विकास केन्द्र सिमलचौर पोखराको नया कार्यसमितिलाई विहीबार पदस्थापन गरिएको छ । केन्द्रको नव निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई विहीबार एक कार्यक्रमकाबीच पदस्थापन गरिएको हो । निर्वाचन समितिका संयोजक बीरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईले नव निर्वाचित अध्यक्ष ईन्द्र पौडेललाई पदस्थापन गराए । केन्द्रको मंगलबार भएको अधिवेशनले अध्यक्षमा पत्रकारसमेत रहेका ईन्द्र पौडेल, प्रथम उपाध्यक्षमा अर्का पत्रकार कृष्ण थापा , द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महाचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान लाई निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै… पुरा पढौ

बेहुली लिन गएको जीप दुर्घटना, बेहुलासहित जन्ती घाइते

गुल्मी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीकोटदेखि स्याङ्जाको जैपते बेहुली लिन गएको ग १ ज ५०८६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार बेहुला सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे सहित घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा सडकबाट अन्दाजी १८ मिटर तल खसेको पनि प्रहरीले… पुरा पढौ

गण्डकीमा ७३ जना कोरोना संक्रमणमुक्त हुँदा ४७ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । प्रदेशका १३३ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका २८, लमजुङका ८, बाग्लुङ र म्याग्दीका ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानएको छ । निर्देशनालयले जनाए अनुसार गण्डकी प्रदेशभर हालसम्म १५ हजार ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो मध्य १४ हजार २९२ जना कोरोना… पुरा पढौ

गण्डकीमा कोरोना भाइरसका कारण थप एकको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा नवलपुर वर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका ४ का ७३ वर्षिय वृद्धको पुस २९ गते दिउँसो मृत्यु भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गत २६ गते संक्रमित भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । पुरा पढौ

नेपालमा विकसित योगको अन्तरराष्ट्रियकरण ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताउनुभएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र सङ्घको निर्णयमा… पुरा पढौ