समाचार

जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली

कार्तिक ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी… पुरा पढौ

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल : प्रधानमन्त्री ओली

कार्तिक ७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन वर्तमान सरकार सफल भएको बताएका छन् । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताउनुभयो । “शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भने, “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो… पुरा पढौ

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

कार्तिक ७ काठमाण्डौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको बताए । उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको… पुरा पढौ

प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे

कार्तिक ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिएका थिए । राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू… पुरा पढौ

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

कार्तिक ७ पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद… पुरा पढौ

भागेका ठेकेदार खोज्दै गण्डकीका भौतिकमन्त्री

कार्तिक ७ पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले काम नगरी भागेका ठेकेदारको पहिचानको काम अघि बढाउने भएको छ । मंगलबार र बुधबार मन्त्रालयमा पूर्वाधार कार्यालय र यातायात कार्यालयका प्रमुखहरुसँगको ब्रिफिङमा मन्त्री प्रकाशबहादुर केसीले काम नगर्ने ठेकेदारको पहिचान गरेर जानकारी गराउन निर्देशन दिएका छन् । आ.व २०८०/८१ भन्दा अगाडि सुरु भएका बहुवर्षीय योजना, आ.व २०८०/८१ मा सुरु भएका बहुवर्षीय योजना, आ.व २०८०/८१ मा सुरु भएका सालबसाली अधुरा योजनाको अवस्था पहिचान गरेर जतिसक्दो छिटो मन्त्रालयमा सूची बुझाउन… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय वामपन्थी ज्येष्ठ नागरिक भेला कार्तिक ९ र १० गते हुने

पोखरा । पञ्चायती शासन व्यवस्थाको काल खण्डमा कम्युनिस्ट आन्दोलनमा होमिएर युवा उमेर व्यतीत गरेकाहरुबिच अनुभव आदानप्रदान गर्ने उद्देश्यले पोखरामा पहिलो पल्ट भेला गर्न गरिने भएको छ ।वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीले ज्येष्ठ कम्युनिस्ट नागरिकको योगदान स्मरण गर्दै यही कात्तिकको ९ र १० गते भेला गर्न लागेको कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले कार्यक्रममा प्रदेशका सबै जिल्लाका जुनसुकै कम्युनिस्ट पार्टीमा रहेर या स्वतन्त्र रुपमा काम गरेका ज्येष्ठ नागरिक सहभागी हुने बताए ।भेलामा ७० वर्ष उमेर पार गरेका ९महिला,… पुरा पढौ

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०÷९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०÷४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए । “कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका… पुरा पढौ

रक्तदान कसले गर्न मिल्छ ? र किन गर्ने ?

पोखरा, कात्तिक ६ पोखरामा रगतको अभाव भएपछि पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले आउँदो शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्दैछ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न एभरेस्ट एफएम ९३ मेगाहर्जले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार रेडियो प्राङ्गण पस्र्याङमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रगत नपाएर अस्पतालमा छटपटाईरहेका विरामीको आहत मनमा राहत दिने र रगतको अभावमा कसैकोपनि ज्यान जाने अवस्था नआओस् भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रम शनिबार विहान७ बजेदेखि मध्याह्न १२ बजेसम्म जारी रहने एफएमले जनाएको छ… पुरा पढौ

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो । ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। सोही उद्देश्य पूरा गर्न केही समय अगाडि मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सहभागी भएका मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको… पुरा पढौ