पोखरा, कात्तिक ६
पोखरामा रगतको अभाव भएपछि पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले आउँदो शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्दैछ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न एभरेस्ट एफएम ९३ मेगाहर्जले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार रेडियो प्राङ्गण पस्र्याङमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।
रगत नपाएर अस्पतालमा छटपटाईरहेका विरामीको आहत मनमा राहत दिने र रगतको अभावमा कसैकोपनि ज्यान जाने अवस्था नआओस् भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रम शनिबार विहान७ बजेदेखि मध्याह्न १२ बजेसम्म जारी रहने एफएमले जनाएको छ ।

रक्तदान कसले गर्न मिल्छ ?
रक्तदान स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्तिले रक्तदान गर्न सक्छन् । सामान्यतया स्वास्थ्य अवस्था राम्रो भएको तर मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी तथा एड्स नलागेको भने हुनुपर्छ ।
रक्तदान गर्न पुरुष या महिला दुबैले सक्छन् । तर महिलाले गर्भवती र महिनावारीको समयमा भने रक्तदान गर्नुहुँदैन । महिलाले सुत्केरी भएको ६ महिनापछि मात्रै रक्तदान गर्नुपर्छ ।
रक्तदान किन गर्ने ?
रक्तदान आफैले आफैलाई स्वस्थ भएको प्रमाणित गर्ने मौकापनि हो । अर्कोचाहिं यसले आफैलाई सन्तुष्टि दिन्छ । भनिन्छ, रक्तदान दानमध्येका सर्वश्रेष्ठ दान हो । यसले कसैको ज्यान जोगाउन सकिन्छ । त्यसैले यसलाई महादानपनि भन्ने गरिन्छ । त्यतिमात्र होईन, कहिलेकाहिं आफ्नो रगत आफैलाईपनि काम लाग्छ । के थाहा अहिले स्वस्थ भएको व्यक्ति एकछिनपनि विरामीपनि हुनसक्छ । त्यसैले आफैले दान गरेको रगत भोलि आफैलाई काम लाग्नका लागिपनि रक्तदान गर्ने बानी बसाल्नुपर्छ ।
हरेक ३ महिनामा रक्तकोषिका परिवर्तन भइरहन्छ । पुराना रक्त कोषिका मर्ने र नया उत्पादन हुने गर्दछ । त्यसैले खेर जाने रगत दान गरेर कसैको ज्यान बचाउन सकिन्छ ।
रक्तदान गर्दा क्यालोरी घट्छ, जसका कारण मोटोपन कम गराउनपनि सघाउँछ । एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्ने चिकित्सकको भनाई छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।
रक्तदानले मुटुको समस्याबाट टाढा राख्छ । त्यस्तै रक्तदानले क्यान्सरबाटसमेत जोगाउँछ । अनुसन्धानले पनि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्ने पुष्टि गरिसकेको छ । रक्तदानले कार्डियायोभास्कुलर स्वास्थ्यको पनि नियन्त्रण गर्छ ।
रक्तदानले सामाजिक प्रतिष्ठापनि उचो बनाउँछ । यो समाजसेवाको एउटा रुपपनि हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







