समाचार

चाडपर्वका कारण पोखरामा रगत अभाव

चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र… पुरा पढौ

लायन्स क्लव अफ पोखरा चौतारीमा १३१ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा १३१ यूनिट रगत संकलन भएको छ । बढ्दो डेंगु संक्रमण र चाड पर्वको कारण पोखरामा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै क्लवले सोमबार आयोजना गरेको आकस्मीक रक्तदान कार्यक्रममा १३१ यूनिट रगत संकलन भएको हो । कार्यक्रमको लायन्स क्लव का गर्भनर विनोद ढुङगानाले पहिलो रक्तदाता प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे । कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, रत्तदान अभियान्ता कृष्ण… पुरा पढौ

साफ माहिला च्याम्पियनसिप : नेपालद्वारा माल्दिभ्समाथि गोलको वर्षा

कात्तिक ५ काठमाण्डौं । नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे । जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा… पुरा पढौ

वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष प्रचण्ड

कात्तिक ५ जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न कनकासुन्दरी गाउँपालिकाको गोरुचौर पुगेका प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।”… पुरा पढौ

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

कात्तिक ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् । परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा… पुरा पढौ

न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधान न्यायाधीश राउत

कात्तिक ५ काठमाण्डौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताए । “न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधान न्यायाधीश राउतले भने, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।” न्यायालयप्रति जनताको जनआस्था र विश्वास… पुरा पढौ

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

कार्तिक ५ काठमाण्डौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण… पुरा पढौ

नेसपाको विधान अधिवेशन पोखरामा शुरु, भ्रष्टाचार अन्त्यका लागि बलियो संस्था आवश्यक : डा.भट्टराई

कात्तिक ४ पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)को विधान अधिवेशन पोखरामा शुरु भएको छ । पोखरामा शुरु भएको नेसपाको प्रथम महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा नेसपा महाधिवेशन मूल आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गरे । विधान अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले भ्रष्टाचार अन्त्यका लागि संस्था बलियो हुनुपर्ने बताएका छन् । संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको उनले बताए । भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उनको भनाई थियो । त्यसले मात्र भ्रष्टाचार नियन्त्रण… पुरा पढौ

गोर्खा मिडिया यूकेले मनायो चौथो वार्षिकोत्सव, ६ जनालाई सम्मान र पुरस्कार अर्पण

पोखरा । गोर्खा मिडिया यूकेले विभिन्न कार्यक्रमसहित चौथो वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार विशेष समारोहबीच वार्षिकोत्सव मनाएको हो ।   गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने अतिथि सेनेले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने समय रहेको बताइन् । गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा मात्र नभएर संसारभर रहेका… पुरा पढौ

अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु

बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते भएका थिए। उपचारका लागि… पुरा पढौ