समाचार

लामेआहालको गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिए । विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान… पुरा पढौ

बागलुङको छुर्पी अमेरिका निर्यात

गलकोट । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी… पुरा पढौ

पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण

तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०÷८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यर्सगरि, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूति गृह स्थापना गरेको जानकारी दिए । “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूति गृह स्थापना गरेको हो”,… पुरा पढौ

आजको मौसम: लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी… पुरा पढौ

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

कार्तिक ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, “लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहेका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी… पुरा पढौ

टान गण्डकीको नयाँ कार्यसमितिलाई एक्यापको स्वागत तथा सम्मान

पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान)गण्डकीको नयाँ कार्यसमितिलाई अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्वागत तथा सम्मान गरेको छ । गत शुक्रबार एक्याप कार्यालयमा एक कार्यक्रमका विच टान गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले हालै अनलाइनद्वारा जारी गरिने पदयात्रा अनुमतिपत्रका बिषयमा छलफल छ । कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले अनलाइन मार्फत जारी गरिने अनुमतिपत्रमा देखिएका प्रकृयागत झन्झटिलो व्यवस्था, एकल पदयात्रीहरुको सुरक्षा चुनौतीको बिषय लगायत विविध… पुरा पढौ

आर्शिवाद क्लव अफ नेपालको अध्यक्षमा अर्जुन

कार्तिक ४ पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित आर्शिवाद क्लव अफ नेपालको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाले अर्जुन बरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले क्लवको इन्चार्जमा मनिष बराल, उपाध्यक्षमा भिषण बराल, अङ्कित बराल र निशा देवकोटा, सचिवमा शुसान्त बराल, कोषाध्यक्षमा शिशिर बराल, सह सचिवमा विद्या बराल, संगिता बराल र डिजोन सापकोटा, सह–कोषाध्यक्षमा विपना सुनार चयन भएका छन् । त्यसैगरी समग्र विभाग प्रमुखमा आशिष बराल, स्वास्थ्य विभाग प्रमुखमा विनायक अधिकारी, आइटी विभाग… पुरा पढौ

पर्वतारोही तेजन गुरुङलाई पोखरामा नगरपरिक्रमा सहित सम्मान

कार्तिक ४ पोखरा । गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल (जिटिन) गण्डकीले पोखरामा पर्वतारोही तेजन गुरुङलाई नगरपरिक्रमा सहित सम्मान गरेको छ । हालै आठ हजार मिटर माथिका १४ वटा हिमालहरुको सफल आरोहण पुरा गरेका तेजन गुरुङलाई उनलाई गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकी अध्यक्ष किसम कुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबर जंग गुरुङ लगायतले फेटा, माला, भाङ्ग्रा,खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । यसअघि गुरुङको स्वागतमा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बाजागाजा सहितको र्याली पोखराको… पुरा पढौ