समाचार

रसुवा बाढी : पोखरामा ७६ शवको व्यवस्थापन

सन्देश श्रेष्ठपोखरा, भदौ १६ भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा व्यवस्थापन गरिएको छ । भोटेकोशीमा भदौ १० गते बुधबार आएको बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका १०२ शवमध्य पहिचान नभएका ७६ शव मंगलबार पोखरा–१६ जौवारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरामा जमिन मुनि व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको यो ठाउँ याम्दी पारी सेती किनारमा रहेको जंगल क्षेत्र हो । बाढी प्रभावित जिल्लाहरुबाट पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम सकिए पनि पहिचान नभएकाले खाल्डो खनेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका… पुरा पढौ

पोखरा ल्याइएका मध्ये १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ । यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय… पुरा पढौ

पोखरा ल्याइएका मध्ये १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ । यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय… पुरा पढौ

आदर्श युवा क्लबद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए ।क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए पनि यसपटक बाढीपीडितको राहतमा नै रकम खर्च गर्ने… पुरा पढौ

कल्पको ‘मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

आगामी असोज २ गतेदेखि आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’मा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका सदस्यले पनि सहभागिता जनाउन पाउने भएका छन् । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि अन्य खेलाडीको हकमा भने नेपाल पत्रकार महासंघको सदस्य हुनुपर्ने कल्पका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अन्य विधाका पत्रकार र खेल पत्रकारबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आपसी भाइचारा र पेशागत सहकार्यलाई घनीभूत बनाउन मञ्चका खेलाडीलाई आव्हान गरेको श्रेष्ठले… पुरा पढौ

कृष्णभीर सडक तत्काल सञ्चालन गर्न नसकिने, वैकल्पिक सडकका लागि गोरखा तर्फ अध्ययन

रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ… पुरा पढौ

कास्कीलाई पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गर्न समन्वय प्रमुख पौडेलको आग्रह

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गरेका छन् । मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उनले कास्कीमा मानव अधिकार उल्लंघन र हननका घटना बढिरहेको तर्फ संकेत समेत गरेका हुन् । मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै प्रमुख पौडेलले सो को लागि विशेष बजेटको ब्यवस्था गर्न आग्रह गरे । उनले एउटै प्रकृतिका काम गर्ने नागरिकहरू बिचको विभेदको अन्त्य गर्ने… पुरा पढौ

नव आदर्शद्वारा राहत संकलन अभियान नै सुरु, कोषमा १ लाख ११ हजार सहयोग

पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले रसुवाका बाढी पिडितको लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।अध्यक्ष भण्डारीले विपत्तिमा गरिएको सहयोग रकम ठूलो नभए पनि देशलाई दुःख परेको समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र सद्भाव प्रकट गर्ने संस्थाको सानो प्रयास भएको बताए । भण्डारीका अनुसार संस्थाले बिगत २८ बर्षदेखि निरन्तर रुपमा संचालन गर्दै आएको लामाचौर तीज मेला पनि स्थगित गरेको… पुरा पढौ

पोखरामा पहिचान हुन नसकेका ७८ जनाको शव जमिनमुनि व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बिनासकारी बाढीपछि पोखरामा संकलित शव मध्ये हालसम्म पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पुर्याएर जमिनमुनि व्यवस्थापन गरिएको छ । नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । पहिचान नभएका मध्ये ७८ वटा शव सामुहिक रुपमा पोखरा १६ जौवारी स्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरा क्षेत्रको जमिनमा व्यवस्थापन गरिएको हो । शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका… पुरा पढौ

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र… पुरा पढौ