समाचार

भोटेकोशी बाढीमा परेका मध्ये करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना… पुरा पढौ

विपद् उद्धार कोषमा फिस्टेल हस्पिटलले ३ लाख ३३ हजार, एनटिएचएमसीले २ लाख र कुमुदिनीको १ लाख ११ हजार सहयोग

देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा साथ दिँदै पोखरास्थित तीन संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्।नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी, पोखरास्थित कुमुदिनी होम्सले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले यसअघि नै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ… पुरा पढौ

पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम

पोखरा, १५ भदौं । रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।गण्डकी प्रदेशमा बजार उपस्थिति विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको शोरुमको सोमबार एक कार्यक्रमबीच अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले उद्घाटन गरे।पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभले सञ्चालनमा ल्याएको शोरुमबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकले रोयल इन्फिल्डका मोटरसाइकल अवलोकन गर्नुका साथै तिनका विशेषता र डिजाइनबारे जानकारी लिन सक्नेछन्।नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि हो। नयाँ शोरुमको नेतृत्व अटो व्यवसायी शिशिर सुबेदी र प्रमेश पराजुलीले गरेका छन्। उनीहरू… पुरा पढौ

बाढी पीडित राहत कोषमा सहारा क्लवको डेढ लाख

सन्देश श्रेष्ठ पोखरा, भदौ १५ सहारा क्लव पोखराले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतका लागि डेढ लाख बढी सहयोग गरेको छ । आहा ! रारा पोखरा गोल्डकपको आयोजक तथा सहारा एकेडेमीको सञ्चालक सहारा क्लवले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि १ लाख ५० हजार ६ सय ४२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहारा क्लवका पदाधिकारी, पूर्व पदाधिकारी, संस्थापक तथा सदस्यहरुबाट संकलन गरि बाढी… पुरा पढौ

रसुवा बाढी : मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाईतेलाई ५० हजार

सन्देश श्रेष्ठपोखरा, भदौ १५ गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक÷एक लाख दिने भएको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतक र बेपत्ता परिवारलाई एक÷एक लाख दिने निर्णय गरेको हो । त्यस्तै, घाईतेको उपचारका लागि जनही ५० हजारका दरले सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

तनहुँमा भेटिएका शव चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पुरा गरिसकिएको जानकारी दिए । उनले शव पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए । तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४… पुरा पढौ

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे ।टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा चिन्तक सिंहले कम्युनिस्ट… पुरा पढौ

रुपाकोट ज्योती सुनचाँदी पसलद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख ३ हजार सहयोग

पोखरा, १४ भदौ २०८३। पोखरास्थित रुपाकोट ज्योती सुनचाँदी पसलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख ३ हजार सहयोग गरेको छ। रुपाकोट ज्योती सुनचाँदी पसलका प्रोप्राइटर दशरथ सुनारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको जानकारी दिनुभयो। हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका विपद्बाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका… पुरा पढौ

भोटेकोशी बाढीबाट मृत्यु भई पोखरा ल्याइएका ८७ वटा शवको पोष्टमार्टम

सन्देश श्रेष्ठपोखरा, भदौ १४ रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्य ८७ वटा शवको पोष्टमार्टम गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १०२ वटा शवमध्य ८७ वटा शवको पोष्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ । बाँकी १५ वटा शवको पोष्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । पोष्टमार्टम गरिएका ८७ वटा शवमध्य १५ वटा शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ । आफन्तले शव… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा दोहोरिए एकराज, सचिवमा प्रकाश

पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ९रोजी० र सहसचिवमा बालकुमारी पौडेल ९तारा०लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भ्एका छन् ।यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन… पुरा पढौ