समाचार

विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए। “सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ । यसैगरि, चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक… पुरा पढौ

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

गण्डकी । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा… पुरा पढौ

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे

असार २३ लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन् । घिमिरेलाई यतिबेला पितृशोक परेको छ । घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहेका छन् । यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । उनले भने, “बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ… पुरा पढौ

पोखरामा पनि मनाइयो जापानी पर्व ‘तानाबाता’

असार २३ पोखरा । जापानी पर्व ‘तानाबाता’ अर्थात ताराहरुको पर्व पोखरामा पनि मनाइएको छ । जापानमा प्रत्येक वर्ष जुलाई ७ मा मनाइँदै आएको सांस्कृतिक पर्व ‘तानाबाता’ आइतबार पोखरामा पनि मनाइएको हो । भाषा संघ नेपाल ल्यानको आयोजनामा एक कार्यक्रमका विच शुभकामना आदान प्रदान गर्दै मनाइएको पोखरामा संस्थाका महासचिव बालकृष्ण शर्माले जानकरी दिए । संघले सो अवसरमा शुभकामना आदानप्रदानसँगै जापानी संस्कृतिको बारेमा जानकारी सहित जापानी पोशाकमा फोटो खिच्ने व्यवस्था समेत मिलाएको उनले बताए । चीनबाट जापानमा भित्रिएको मानिने यो पर्व समयानुसार… पुरा पढौ

भाषा संघ नेपाल को आयोजनामा पोखरामा जापानी संस्कृति “तानाबाता” पर्व आयोजना

पोखरा । आइतबार जापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरुलाई ध्यानमा राखेर भाषा संघ नेपाल को आयोजनामा तानाबाता पर्वको कार्यक्रम सम्पन्न भयो । तानाबाता एक जापानी परम्परागत सांस्कृतिक पर्व हो । यो हरेक वर्ष जुलाई ७ मा पर्दछ।उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न जापानी भाषा स्कुल बाट ५ सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो । जसमा धेरै जना जापान मा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरु थिए ।कार्यक्रममा सहभागि व्यक्तिहरुले ओरिगामि को बारेमा सिक्न, जापानी पोषाक लगाउन र फोटो खिच्ने… पुरा पढौ

विपद् प्रभावितको जिउधनको रक्षामा लाग्न प्रधानमन्त्रीको निर्देशन

असार २३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिए । बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए । “विपद् व्यवस्थापनका लागि व्यवस्थित तयारी… पुरा पढौ

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धनः अध्यक्ष ओली

असार २३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए । उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए । उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलन गरेको… पुरा पढौ

मनसुनजन्य विपद्का कारण हालसम्म ६२ जनाको मृत्यु,२७ सडकखण्ड अवरुद्ध

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा… पुरा पढौ

स्वास्थ्य मन्त्रालयद्वारा ५२ ओटा सङ्क्रामक रोगको सूची तयार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती… पुरा पढौ