समाचार

पोखरामा मोटरसाईकल चोरी गरेको आरोपमा एक जना पक्राउ

पोखरा । पोखरामा पार्किङ गरि राखेको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका–२ देप्चेटोल बस्ने विशाल मगराती २० रहेका छन् । मगरातीलाई आइतबार राती पोखराको इन्द्रचोकस्थित पार्किङमा राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाईकल चोरी गरि डोह्राउँदै हिँडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पार्किङमा राखेको मोटरसाइकल हराएको सुचना पाउनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट पुगेको प्रहरीले उनलाई मोटरसाइकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरातीलाई कास्की जिल्ला अदालतबाट चोरी… पुरा पढौ

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने

पोखरा । पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम… पुरा पढौ

देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्दैछौँ : महामन्त्री थापा

असार १० काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताएका छन् । नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले महासमिति बैठकले प्रस्ताव पारित गरिसकेकाले अब केन्द्रीय समितिबाट निर्णय गरी देश र समाजका लागि काम गरेका देशभरका पार्टी नेता तथा कार्यकर्ताको इतिहास सङ्कलन गरिने बताए । उनले यस कार्यले पार्टीभित्र शुद्धिकरणका लागि पनि काम गर्ने धारणा राखे… पुरा पढौ

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

असार १० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे । उनले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र… पुरा पढौ

छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री लामिछाने

असार १० काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राखेकोे जिज्ञासाको जवाफ दिँदै उनले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए । यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया… पुरा पढौ

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा

असार १० काठमाण्डौं । नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सृजना गरी सरुवा गरिएको हो । डा अर्यालविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी… पुरा पढौ

पोखरालाई खेलकुद सहरका रुपमा विकास गरिने

पोखरा । पोखरा महानगरपालिकाले पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो नीति तथा कार्यक्रम ल्याइएको बताएका हुन् । यसकालागि महानगरले पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने तथा साहसिक खेल प्रवद्र्धन गर्ने नीति लिएका प्रमुख आचार्यले बताए । उनका अनुसार खेलकुद विकासका लागि पोखरा–२० र २३ मा हाइ अल्टिच्यूड खेल मैदान निर्माण गर्न आवश्यक अध्ययन गरिने छ । पुरा पढौ

पोखरा महानगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०/२०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भयो। कार्यक्रममा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता थियो ।वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। सहभागीहरूले योजनाहरूमा विभिन्न प्रश्नहरू उठाउँदै आवश्यक सुझाब, गुनासा र जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि, वडा कार्यालय र वडा बासी नागरिकहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, जनप्रतिनिधिलाई… पुरा पढौ

चार दशकदेखि बनाउन नसकेको बसपार्क निर्माण महानगरको नीति तथा कार्यक्रममा

पोखरा । पोखरा महानगरपालिकाले करीब चार दशकसम्म बनाउने भन्दै बनाउन नसकेको पोखरा बसपार्क निर्माणलाई यस पटकको नीति तथा कार्यक्रममा समेटेको छ ।पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महानगरले बिन्ध्यबासिनी बसपार्कको स्तरोन्नति गर्ने तथा पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन समन्वय गर्नेपनि उल्लेख छ । व्यस्त शहरीक्षेत्रस्थित केआइ सिंङ पुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ । महानगरले पोखरामा बहुतले… पुरा पढौ

नीति तथा कार्यक्रम : पर्यटन प्रर्वद्धन गर्न मेला महोत्सवहरुसँग सहकार्य गरिने

पोखरा । पोखरा महानगरपालिकाले पोखराको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका विभिन्न मेला महोत्सवहरुसँग सहकार्य गर्ने नीति अगाडी सारेको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महानगरले यहाँको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका रोपाइ महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहा ! रारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल लगायत अन्य खेलकुद, फुड फेस्टिभल, हेमजा आलु महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव, ढुंगेसाँघु… पुरा पढौ