समाचार

बेँसीसहर-चामे सडक खुल्यो

अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ… पुरा पढौ

नूनको मूल्य बढ्यो

असार १८ काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ । रासस पुरा पढौ

सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो : पूर्वमुख्यमन्त्री अधिकारी

असार १८ पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ । ‘केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो,… पुरा पढौ

मणिपाललाई दिइएको छुट बिरुद्ध उजुरी परेपछि पोखरा महानगरमा अख्तियारको छापा

असार १८ पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई करीब २० करोड रुपैयाँ छुट दिएकोबिरुद्ध उजुरी परेपछि अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो । पोखरा महानगरपालिकाले मणिपाललाई १९ करोड ८१ लाख ११ हजार रुपैयाँ राजश्व छुट दिएको थियो । २०५७ सालदेखि नै भवन सम्पन्नताको कागज माग्दै आएको मणिपाललाई महानगरको १६ औं कार्यपालिका बैठकले १ करोड ७५ लाख राजश्व लिएर सम्पन्नताको कागज दिने निर्णय गरेको थियो । जसले गर्दा महानगरको करीब २० करोड… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

असार १८ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ… पुरा पढौ

पोखरा आउँदै गरेको कार काँडेमा दुर्घटना, ३ जना घाइते

पोखरा । पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरको कार कास्कीको काँडेमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । मंगलबार दिउँसो पोखरा तर्फ आउँदै गरेको कार पोखरा–बाग्लुङ राजमार्ग अन्र्तगत अन्नपूर्ण गाउँपालिका वडा नम्वर ३ स्थित काँडेमा दुर्घटनामा हुँदा ३ जना घाइते भएका हुन् । ग २ च ५३६३ नम्वरका कारका चालकले नियन्त्रण गुमाउँदा कार दायाँ साईडमा पल्टिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा चालक पर्वतको जलजला गाउँपालिका ६ का सनम पुन, सोही ठाउँकी शुशिला पुन र… पुरा पढौ

नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो । आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको… पुरा पढौ

सिद्धार्थ क्लब पोखराद्धारा अक्षयकोष रकम हस्तान्तरण

पोखरा । सिद्धार्थ क्लब पोखराले, पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विध्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराललाई रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबका सामाजिक कार्यहरुको प्रशंशा गर्दै क्लबले अन्य देखिने कार्यहरु गर्न जोड दिनुपर्ने भनाइ राखे । उनले वडा कार्यलय संगको समन्वयम कार्यक्रमहरु गर्न अनुरोध गरे । कार्यक्रममा सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले विद्यालयका जेहेन्दार, सिमान्तकृत, आर्थिक अवस्था… पुरा पढौ

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसइइ उत्र्तीण विद्यार्थीलाई सम्मान

पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी लायन्सका एरिया जोन प्रमुख सुर्य प्रसाद वराल र कलवका अध्यक्ष परशुराम पौडेलले ५१हजार रुपैयाको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई हस्तान्तरण… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीको वर्चश्व

असार १८ पोखरा । गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका खेलाडीहरुको वर्चश्व रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा सोमबार बेलुका पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा कास्कीकै अधिकांश खेलाडीहरुको वर्चश्व रहेको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ४ मध्य ३ जना कास्कीका खेलाडी छनौट भएका छन् भने महिला तर्फ गोर्खाकी कृष्णा थापालाई प्रारम्भिक छनौट छरणमा सिधै छनौट गरिएको छ भने अन्यलाई छनौट प्रतियोगिताबाट छनौट गरिएको… पुरा पढौ