समाचार

छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्धन गरेर फर्किए पोखरा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवर्धन गरेर पोखरा फर्किएको हो । उद्योग व्यवसाय प्रवर्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म… पुरा पढौ

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन

जेठ ७ पोखरा । पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् । विश्वविद्यालयले गत भदौमा आंशिक रुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि आजदेखि पूर्णरुपमा सञ्चालनमा ल्याएको हो । अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न… पुरा पढौ

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ । हिजो आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब… पुरा पढौ

सेवा प्रभावकारी नभएको गुनासो आएपछि पोखरा महानगरको सामाजिक विकास महाशाखामा सार्वजनिक लेखा समितिको अनुगमन

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा सार्वजनिक लेखा समितिले अनुगमन तथा निरीक्षण गरेको छ । सामाजिक विकास महाशाखाले गर्ने सेवा प्रभावकारी नभएको भन्ने सेवाग्राहीको गुनासो आएपछि पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले सोमबार अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणका लागि लेखा समितिका पदाधिकारी तथा सदस्यहरु कार्यालय शुरु हुने समय विहान १० बजे नै सामाजिक विकास महाशाखामा पुगेका थिए । तर केहि कर्मचारीहरु भने कार्यालय समय शुरु भएको १०/१५ मिनेट ढिला गरेर पुगेका थिए । अनुगमनका क्रममा कर्मचारीहरु कार्यालय… पुरा पढौ

कालीगण्डकी नदीका शालग्राम शिलाको नामकरण अभियान

कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ । नदीको उत्खनन् र शिलाको चोरी, निकासी रोक्न र समग्र कालीगण्डकी सभ्यताको संरक्षण गर्ने उद्देश्यले आइतबार दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिका र कुश्मा नगर समितिले म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धामसम्म रहेका दश हजारभन्दा बढी शिलामा भगवान्को नाम लेखिएको समितिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिए । आइतबार मोहिनी एकादशी… पुरा पढौ

चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग

पोखरा-९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था चिल्ड्रेन नेपालले १ थान रङ्गिन प्रिन्टर एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नं-९, का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख अतिथ्यतमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचान कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । चिल्ड्रेन नेपालले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले यसरि विद्यालयमा सहयोग गर्न पाउँदा खुसि लागेको धारण चिल्ड्रेन नेपालका कार्यकारी अधिकृत डिल्लि शर्मा पौडेलले व्यक्त गरे , सोहि क्रममा उनले… पुरा पढौ

बाँदरको हैरानी झेल्न नसकेर कास्कीमा ग्रामीण क्षेत्रका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् । केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर,… पुरा पढौ

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् । केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी,… पुरा पढौ

बजेट अभावमा म्याग्दीमा खानेपानी आयोजना निर्माण ठप्प

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको रु एक करोड ३८ लाख भुुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा रु एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।… पुरा पढौ

अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउदै

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको हो । आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिकसत्रको सुरुआतदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको… पुरा पढौ