राजनीति

पोखरा १६ मा कास्की २ का उनेपाका उम्मेदवार गुरुङको घरदैलो सम्पन्न

कास्की क्षेत्र नं। २ का उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा उम्मेदवार कुशल गुरुङले पोखरा १६ अन्तर्गत विभिन्न स्थानमा घरदैलो गरेका छन् । उनले आईतबार अर्मला, जैमुरे र बाटुलेचौरमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट र सम्वादसमेत गरेका थिए । सो क्रममा उनले जनताका समस्या सुन्नुका साथै विकास, सुशासन र सामाजिक न्यायका विषयमा आफ्ना धारणा प्रस्तुत गरे । घरदैलो अभियानका क्रममा स्थानीयवासीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी दिनमा जनताको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता सो… पुरा पढौ

भड्किएको जनमत फकाउन गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा : कामको लिष्ट देखाउँदै कांग्रेसलाई मत माग्दै

सन्देश श्रेष्ठपोखरा, फागुन १० जनता पुराना दलसँग असन्तुष्ट छन् । त्यहि भएर उनीहरु यस पटक मत परिवर्तन गर्ने मुडमा देखिन्छन् । पुराना दलहरु कांग्रेस, एमाले, नेकपालगायतका दलहरुले विकास र समृद्दिका लागि ठोस काम गर्न नसकेको उनीहरुको आरोप छ । त्यतिमात्र होईन, पुराना दलहरु भ्रष्टाचारमा डुबेको र सुशासन दिन नसकेको आरोप छ । यसैमा टेकेर नयाहरुले पुरानालाई पत्तासाफ गर्ने भन्दै कहिले ‘नो नट अगेन’ त कहिले ‘चुपचाप घण्टी छाप’को नारा घन्काईरहेका छन् । पुराना सबै एउटै ड्याङको मुला भएको र उनीहरु… पुरा पढौ

फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिन आयोगको सिफारिस

फागुन २१ को निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । आयोगले सरकार समक्ष यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन भनेको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।बिदाका बारेमा सरकारले भने निर्णय गरिसकेको छैन। यसअघिका निर्वाचनमा सकारले विद्यालय तीन दिन र अन्य सरकारी कार्यालयमा एक दिन बिदा दिने गरेको थियो। पुरा पढौ

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आज आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे । उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको… पुरा पढौ

सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने जनाएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चहरूमा विभिन्न प्रतिबद्धता जनाएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२१ मा स्कटल्याण्डमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन ९कोप(२६० मा सहभागिता जनाउँदै नेपालले सन् २०४५ सम्म नेटजिरो कार्बन उत्सर्जन राष्ट्र बनाउने घोषणा गरेका थिए । सोहीअनुरूप राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० र अनुकूलन योजना तयार भएका थिए । घोषित प्रतिबद्धतालाई ठोस् परिणाममा… पुरा पढौ

एमाले उम्मेदवार रश्मि आचार्य निर्मल पोखरीमा,‘बाँदर व्यवस्थापनका लागि कानुन बनाउन अगुवाइ गर्छु’

कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले बाँदरको समस्या राष्ट्रिय समस्या बनेको र यसको व्यवस्थापनका लागि छुट्टै प्रभावकारी कानुन आवश्यक भएको बताएका छन् । उनले देशैभरका कृषकका उत्पादन बाँदरले नष्ट गर्नुका साथै कतिपय ठाउँमा स्थानीयहरूलाई समेत आक्रमण गरेका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।उम्मेदवार आचार्यले बाँदरको समस्याको दीर्घकालीन व्यवस्थापन जरुरी देखेको भन्दै त्यसका लागि संसदमार्फत ऐन कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे । मतदाता भेट्न पोखरा २१ का विभिन्न स्थान पुग्ने क्रममा… पुरा पढौ

तनहुँमा मतपत्र पुग्यो

यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो । तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए । क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ । क्षेत्र नं २ प्रत्यक्षतर्फ एक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा,लहलहैको भरमा मतदान नगर्न आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिद्धान्त नै नभएका केही पार्टीहरु जनता झुक्याउँन सक्रिय भएको बताएका छन् । गोरखामा चुनावी अभियानका क्रममा रहेका उनले विचार, दृष्टिकोण केही नभएका पार्टीहरूलाई लहलहैको भरमा मतदान नगर्न आग्रह गर्दै खुला किताबजस्तै नीति भएको कांग्रेसलाई मतदान गर्न अपिल गरे ।उनले भने ‘मसँग तपाईँको केही गुनासो छ भने सोध्नुहोस्, मलाई मात्र होइन नेपाली कांग्रेसका उम्मेदवार, पार्टीका नेतासँग केही छ भने भन्नुहोस्, हामी प्रश्नबाट भाग्दैनौँ’ गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले भने, ‘प्रश्नबाट भाग्ने, केही… पुरा पढौ

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ: पूर्व प्रमुख निर्वाचन आयुक्त

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन् । उनले राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने र मुलुकले समृद्धि हासिल गर्ने बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, “राजनीतिलाई स्थिरता दिन नसके पनि निर्वाचन गराउने सिलसिलामा हामी अनुभवी छौँ । विगतका चुनौतीपूर्ण अवस्थामा पनि मतदाताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रूपमा थुप्रै… पुरा पढौ

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन भएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराए । प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा… पुरा पढौ