राजनीति

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

माघ ७ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे । उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप,… पुरा पढौ

नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री प्रचण्ड

माघ ७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन् । युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताए । “सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ । नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने… पुरा पढौ

प्रधानमन्त्री दाहाल र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका… पुरा पढौ

गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

माघ ५ स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताएका हुन् । “गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन”, उनले भने, “यो गठबन्धनलाई देख्दा अरुलाई इष्र्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।” गठबन्धन… पुरा पढौ

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । “हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ… पुरा पढौ

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा… पुरा पढौ

सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्र : पूर्व गर्भनर क्षेत्री

पोखरा । योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भने, ‘जुन बेला बन्द… पुरा पढौ

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात एक साताभित्र बुझाउन समितिको निर्देशन

माघ ४ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका… पुरा पढौ

आसन्न निर्वाचनलाई ध्यानमा राख्दै शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

माघ ४ काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग कार्यवाह प्रधानमन्त्री खड्काले मुलुकको सुरक्षास्थितिबारे छलफल गरेका हुन् । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : संविधानको रक्षाका लागि गठबन्धन

माघ४ तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ । नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत… पुरा पढौ