शुक्लाद्वारा ज्ञानु–नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०८३ मा प्रकाशित




filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 70.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले ज्ञानु – नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना गरेको छ ।

नेपाली साहित्यको विकास, प्रवद्र्धन र विस्तार गर्ने उद्धेश्यले आज बाटुलेचौरमा आयोजित कार्यक्रममा सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार संचालनका लागि स्थापना गरिएको कोषमा साहित्यकार नरहरि भट्टराईले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । आफ्नो ८४ औं जन्मोत्सवका अवसरमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने हेतुले पुरस्कार संचालनका लागि रकम प्रदान गरिएको उनले बताए । श्रीमती ज्ञानु र परिवारका सदस्यसहित साहित्यकार भट्टराईले गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुशुमाकर न्यौपानेको उपस्थितीमा सो रकम प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतलाई प्रदान गरे । सो कोषबाट प्राप्त व्याज रकमले प्रत्येक २–२ बर्षमा एक जना श्रष्ट्रालाई ज्ञानु नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले जानकारी दिए । पुरस्कारको राशी २१ हजार रहने र त्यसलाई बढाउँदै लगिने बताईएको छ । ५५ बर्ष शिक्षा क्षेत्रमा बिताएका साहित्यकार भट्टराईले नेपाली र अंग्रेजी भाषमा गरी हालसम्म १० वटा कृति प्रकाशित गरिसकेका छन् ।

सोही अवसरमा प्रतिष्ठानले सहस्र पुर्ण चन्द्र दर्शन विशेष साहित्यिक कार्यक्रम पनि आयोजना गर्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. न्यौपानेले गण्डकी प्रदेशभित्रका भाषा, साहित्य र कलालाई प्रतिष्ठानले विशेष प्राथामिकता दिने बताए । उनले यसका लागि अभियान नै संचालन गरेको स्पष्ट पारे । प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान शुरू गरेको बताउँदै, कुलपति न्यौपानेले यसले पनि नेपाली भाषाको शुद्धतामा निखार ल्याउने बताए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले भाषा र साहित्य राष्ट्रको पहिचान भएको बताउँदै, यसको विकासमा शुक्लाले पुर्याएको योगदानको प्रशंसा गरे । प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी‘, मानार्थ सदस्य कुञ्जराज थापा, हेमजा साहित्य प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्याय, समालोचक डा. श्रीधर न्यौपाने, कवि शिव त्रिपाठी, बसन्त तिमिल्सिनालगायतले साहित्यकार भट्टराईले साहित्य लेखन र सिर्जनामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

त्यस अवसरमा साहित्यकार भट्टराईलाई भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मंचले सम्मान समेत गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव रामप्रसाद पौडेलले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।