राजनीति

कांग्रेसका सहमहामन्त्री यादव माथी साङ्घातिक आक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए । उनका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ… पुरा पढौ

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई मङ्गलबार ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभइ अनुदान लिनुपर्ने आग्रह गरेको हो । टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्को भूमिका निर्वाह गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल सरकारले अन्तर्राष्ट्रिय… पुरा पढौ

गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोष कोही नफसोस् : उपमहासचिव पुन

भदौ १९ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र वेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् । उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गरे । सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि… पुरा पढौ

चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव

भदौ १९ काठमाण्डौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गरेका छन् । महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ । महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भदौ १९ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा… पुरा पढौ

कोशी प्रदेश : विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भदौ १९ काठमाण्डौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते… पुरा पढौ

फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन । बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि… पुरा पढौ

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिए । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीट)मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पु¥याउनेमा उनले विश्वास… पुरा पढौ

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरबारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटनमन्त्री किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी… पुरा पढौ

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो । मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका… पुरा पढौ