राजनीति

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन । असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा… पुरा पढौ

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भने– “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ… पुरा पढौ

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा महत

भदौ १६ काठमाण्डौँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे । “अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ”, अर्थमन्त्री डा… पुरा पढौ

जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

भदौ १६ झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए । “जनतामा ठूलो छटपटी छ, आक्रोश छ”, उनले भने, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफुलाई बदलेका छन्, देश र जनतालाई… पुरा पढौ

कम्युनिष्टबीच एकता आवश्यक : उपमहासचिव गुरुङ

भदौ १६ काठमाण्डौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेकामा उनको जोड थियो । “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छाँै”, उनले भने, “कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो,… पुरा पढौ

कास्कीका ७२ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान शुभारम्भ

भदौ १६ पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा शुभारम्भ भएको छ । जिल्लाका पाँच पालिकाका ७२ वटै वडामा आज अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले बताए । उनका अनुसार अभियानमा पार्टीका नेता, कार्यकर्ता सहित जनताको समेत सहभागिता रहेको थियो । उद्घाटन समारोहमा विभिन्न सास्कृतिक प्रस्तुतीले उल्लासमय बनाएको थियो । माओवादीले देशव्यापी रुपमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सहित ‘घर घरमा माओवादी जनजनमा माओवादी’को नारा सहित तीन महिने अभियान घोषणा गरेको… पुरा पढौ

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : एमाले अध्यक्ष ओली

भदौ १६ लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताएका छन् । उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उनले भने, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।” अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने… पुरा पढौ

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उनले भने । उनले वैदेशिक… पुरा पढौ

एनजिओ, आईएनजिओलाई कुतत्व भन्दै खनिए विप्लव : जनतामा निराशा फैलाउँदै जातीय, क्षेत्रीय, धार्मिक भड्कावमा लागेको आरोप

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव सीले विदेशीको हितमा चल्ने गैरसरकारी संस्था (एनजिओ र आईएनजिओ)हरुले जनतामा निराशा छर्दै जनतालाई भड्काईरहेको आरोप लगाएका छन् । समाजवादी मोर्चाको पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै उनले एनजिओ, आईएनजिओलाई कुतत्व र त्यसका सञ्चालकहरुलाई भरौटेको संज्ञा दिए । विदेशीहरु जो नेपाललाई स्वाधिन बनेको देख्न चाहँदैनन्,उनले भने,‘र ती विदेशी शक्तिहरुका भरौटेहरु । जो जनताको बिरुद्धमा विभिन्न गैरसरकारी संस्था (एनजिओ, आईएनजिओ खडा गरेर जनतालाई भ्रमित पार्दै हिंड्ने कुतत्वहरु । समाजलाई विघटित गर्ने,… पुरा पढौ

माओवादी गण्डकी ईञ्चार्ज भन्छन् : कमजोरी स्वीकार्दै सच्चिने प्रण गर्दैछौं

पोखरा, भदौ १६ नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पोखरा–२० मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताएका हुन् । विगतमा गल्ती कमजोरी भएकै हो,उनले भने,‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं । हुँदाहुँदा दुई तिहाईको जनमत र… पुरा पढौ