राजनीति

पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक मिचेर बनाइएका अवैध संरचना हटाउन शुरु

पोखरा, असार २५ पृथ्वी राजमार्गमा भएको अतिक्रमणबिरुद्ध पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रमा भएको अतिक्रमण हटाउन पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको हो । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पृथ्वी राजमार्गलाई चार लेनको बनाईदैछ । पोखरा–काठमाडौंको करीब दुई सय किलोमिटर नै चार लेनको सडक बनाउनेगरी हाल कोत्रेदेखि मुग्लिङसम्मको सडक निर्माण कार्य भईरहेको छ । कास्कीको पोखरा क्षेत्रको सडक खण्डमा भने अब केहि समयपछि बनाउन शुरु हुने सडक विभागले जनाएको… पुरा पढौ

मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन् । नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “मिटरब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै पनि हालतमा रोकिने छैन ।” उनले पीडकहरुको विरुद्ध पीडितलाई न्याय दिनका निम्ति सरकारले मिटरब्याजीसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेशको निश्चित अवधि भएको हुनाले कानुन बनाउनका लागि संसद्मा प्रस्तुत… पुरा पढौ

विस्तारित र स्तरीय उपचार सेवा प्रदान गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको जोड

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा–३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए । प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो । उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए । उनले… पुरा पढौ

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पारे । मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्त्वपूर्ण कार्य… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए। प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ । पुरा पढौ

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।” उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उनले भने । कांग्रेस नेता… पुरा पढौ

सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका हुन् । उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर… पुरा पढौ

जनताका मुद्दालाई पहिलो प्राथमिकताः रास्वपा सभापति लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए । उनले रास्वपाले कुनै दलसँग… पुरा पढौ

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाण्डौं । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले… पुरा पढौ

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।रासस पुरा पढौ