राजनीति

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

काठमाण्डौं । महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ । सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण… पुरा पढौ

बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्… पुरा पढौ

विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने बताए। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको उल्लेख गर्दै सन्देशमा हरेक तहका सरकारको जनताप्रति आ–आफ्नो उत्तरदायित्व रहेको भनिएको छ । “लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र… पुरा पढौ

सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन् । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न एकता, सहमति र सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस ऐतिहासिक दिवसले हामी… पुरा पढौ

आज १६ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ /६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश… पुरा पढौ

लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया : मन्त्री थापामगर

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताएका छन । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’ उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका… पुरा पढौ

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ कैदीको बाँकी कैद मिनाहा

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् । यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन् । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको… पुरा पढौ

संसदीय सुनुवाइ समितिले पायो पूर्णता, को को परे समितिमा ?

काडमाडौ । प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनित भएका हुन् । संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो । आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)नियमावली, २०८०’ पारित… पुरा पढौ

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव… पुरा पढौ

अर्थतन्त्र सुधारमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : शर्मा

काठमाण्डौं । सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।” उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न… पुरा पढौ