राजनीति

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उनले यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताए। छानबिनमा सरकारको सहयोग रहने उनको भनाइ छ । “कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ”, प्रधानमन्त्री प्रचण्डले भने। जलहरीलगायत क्षेत्रमा… पुरा पढौ

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका छन् । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो । “प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने… पुरा पढौ

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी… पुरा पढौ

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

जेठ १२ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् । एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए । “एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उनले भने, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।”… पुरा पढौ

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ४ बजे

जेठ १२ काठमाण्डौं । आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो । सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने… पुरा पढौ

नक्कली भूटानी प्रकरणमा बयान सुरू

जेठ १२ काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ ।… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ । कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहने छ । जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध,… पुरा पढौ

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो । यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, ¥याली र कोणसभा गरिने… पुरा पढौ

लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीको घोषणा

पोखरा, जेठ ११ गण्डकी प्रदेशकी उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने घोषणा गरेकी छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विहीबार पोखरामा आयोजना गरेको ‘नेपालमा उर्जा उत्पादनको सम्भावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश भित्र हुने लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गराउने घोषणा गरेकी हुन् । मन्त्री तिवारीले गण्डकी प्रदेशका ९९.५ प्रतिशत जनताले विद्युत तथा सोलार लाइट सेवाको उपभोग गरिरहेको उल्लेख गरिन्… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन्। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे । गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज… पुरा पढौ