राजनीति

सरकारले नया सवारी नकिन्ने, सरकारी भवनपनि नबनाउने

सरकारले आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौति गर्न नया सवारी नकिन्ने घोषणा गरेको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सरकारी खर्च कटौति गर्ने घोषणा गर्दै त्यसका लागि नया सवारी नकिन्ने घोषणा गरेका हुन् । बश्र सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गरिने अर्थमन्त्री डा.महतले बताए । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने भएको छ । अर्थमन्त्री डा.महतले सरकारी खर्च कटौति गर्नका लागि सरकारी नया भवन… पुरा पढौ

बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउने छौं : अर्थमन्त्री डा महत

काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा साधरण खर्चमा आर्थिक मितव्यीता अपनाउने भएको छ ।संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउँदै सार्वजनिक खर्च पुनारावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रमश कार्यान्वयन गर्ने बताएका छन् । उनले सबै प्रकारका प्रोहोत्सान भत्ता, अतिरिक्त समय भत्ता खारेज गरेको घोषणा गरेका छन् । नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद नगरिने बताएका छन् । उनले नयाँ आर्थिक वर्षमा अत्यावशेक बाहेक नयाँ भवन निर्माण… पुरा पढौ

आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

आर्थिक वर्ष २०८०/८१ मा आर्थिक बृद्धिदर खुम्चिने अनुमान गरिएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेका हुन् । पुरा पढौ

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

पोखरा, जेठ १५ सरकारले प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने भएको छ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्दै सबै प्रकारका प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज गर्ने घोषणा गरेका हुन् । पुरा पढौ

संसदमा अर्थमन्त्री महतद्वारा बजेट भाषण जारी

काठमाण्डौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गरेका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गरेका हुन् । संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ । बजेट संसदमा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषदको बैठक बसेर त्यसलाई पारित गरेको थियो । यो वर्षको बजेट कस्तो आउँछ भन्ने विषयमा सबैको चासो रहेको छ… पुरा पढौ

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमणको टोली स्वीकृत

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ५ जना मन्त्रीहरुपनि सहभागि हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र… पुरा पढौ

सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदद्वारा पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/ ०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो । मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा अर्थ मन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । बजेट कार्यक्रम एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रशारण गरिँदै छ । पुरा पढौ

रास्वपा सांसद विन्दबासिनीले लिइन् शपथ

जेठ १५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकारलाई रास्वपाले समानुपातिक सांसद बनाएको हो । रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो । पुरा पढौ

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन। समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो । गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता… पुरा पढौ

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो । सुरुमा शून्यताबाट सुरु भएको यो संरचनाले अहिले भने पूर्णरूपमा संस्थागत रूप लिइसकेको छ । चाहेअनुसार जनताका अपेक्षा पूरा नहुनु एवं देशको राजनीतिक अस्थिरताका कारण आम सर्वसाधारणबाट व्यवस्था फेरिए पनि अवस्था ज्युँको त्युँ रहेको टीकाटिप्पणी पनि हुने गरेको छ । पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको… पुरा पढौ