उपलब्धिको रक्षा गर्नुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको जोड


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८० मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए।

“प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो”, शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि जीवनोत्सर्ग गर्ने सहिद तथा आन्दोलनमा योगदान गर्नेप्रति सम्मान प्रकट गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।