फाइल तस्विर
पोखरा, बैशाख ९
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको परिभाषित गर्ने गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै चुमानले प्रदेश नामाङ्करणका बेला तत्कालीन प्रधानमन्त्री ओलीसँगपनि परामर्श र छलफल गरौं भन्ने प्रस्ताव गर्दा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री गुरुङले अस्वीकार गरेको उनको भनाई थियो । गुरुङको भनाई उद्धृत गर्दै उनले भने,‘उहाँ (केपी ओली) संघीयताप्रति सकारात्मक हुनुहुन्न । उहाँ प्रदेशलाई बलियो बनाउने कुरामा सकारात्मक हुनुहुन्न, उहाँलाई सोध्नै पर्दैन ।’
आफूलेपनि गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जस्तै वर्तमान मुख्यमन्त्री अधिकारीलाईपनि संघीयता विरोधी ठान्ने गरेको उनको भनाई छ । ‘उहाँ संघीयताप्रति र प्रदेशप्रति सकारात्मक हुनुहुन्न भन्ने ठान्थेँे म’–उनले भने । तर मुख्यमन्त्री बनेपछि भने अलिकति भएपनि संघीयताको पक्षमा र प्रदेशको पक्षमा अधिकारीले बोल्न थालेको उनले बताए । त्यसलाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







